स्विमिङ तयारी यसरी गरौं

स्विमिङ तयारी यसरी गरौं

स्विमिङ जाँदै हुनुहुन्छ ? के-के बोक्दै हुनुहुन्छ ? कहाँ जाँदै हुनुहुन्छ ? यस्ता विषयमा ध्यान दिनुभएको छ ? स्विमिङ केवल मनोरञ्जनको लागि मात्र गरिँदैन । स्विमिङको उद्देश्य स्वस्थ रहनु पनि हो । तर आवश्यक विषयमा ध्यान पुर्‍याउन नसके स्विमिङले फाइदा नगर्न पनि सक्छ । कतिपय बेलामा घाटा पनि हुन सक्छ ।

त्यसो त स्विमिङ संस्कृति नेपालमा खासै पुरानो भइसकेको छैन । त्यसैले स्विमिङ पुलमा जाने बेलामा ध्यान दिनुपर्ने विभिन्न विषयमा सबैलाई थाहा नहुन पनि सक्छ । स्विमिङ पुलमा जानुपूर्व केही तयारी आवश्यक हुन्छ । स्विमिङ जानुअघि निम्न तयारी गर्नु जरुरी हुन्छ ।

१. मौसमबारे सचेत हुनुहोस्
मौसमबारे जानकारी राख्नुहोस् । स्मार्ट फोनमा उपलब्ध हुने मौसम अनुमानका एप्सहरूले मौसमको जानकारी दिन्छन् । यदि स्विमिङ जाने दिन घाम चर्किनेछ भने सनस्क्रिन क्रिम र पानी छुटाउनु हुँदैन । यदि मेघ गर्जनसहितको पानी पर्नेवाला छ भने ओत लाग्ने भए÷नभएकोमा स्पष्ट हुनुहोस् ।

२. खानामा ध्यान दिनुहोस्
पौडी खेल्नुपूर्व टन्न खानु राम्रो मानिँदैन । टन्न पेट छ भने पौडी खेल्दा शरीर मांसपेशी बाँउडिने सम्भावना पनि हुन्छ किनभने शरीरले तैरिने र खाना पचाउने दुवै काम गरिरहनुपरेको हुन्छ । त्यसैले खासगरी चिल्लोचाप्लो पच्न समय लाग्ने खाना नखाएकै राम्रो हुन्छ । यसको अर्थ भोकै रहनुपर्छ भन्ने होइन । हल्का खाजा खानु भने उपयुक्त हुन्छ ।

३. सनस्क्रिन नबिर्सनुहोस्
चर्को घाम नै नलागे पनि पौडिनुभन्दा १५÷२० मिनेट अघि सनस्क्रिन लगाउनु जरुरी हुन्छ । बादल लागेको दिनमा पनि सूर्यका किरणमा हुने पराबैजनी किरण भने आइरहेका हुन्छन् त्यसैले घाम नलाग्दा सनस्क्रिन नलगाउने गर्नु उचित हुँदैन । वाटरप्रुफ ‘स्पोर्ट' सनस्क्रिन क्रिम लगाउनु उपयुक्त हुन्छ । पौडी खेलिरहँदा पनि हरेक ३० मिनेटमा पुनः क्रिम लगाउनु उचित हुन्छ ।

४. अन्तर्वस्त्र नबिर्सनुहोस्
टाबेल, चस्मा, स्विमसुट, इयर प्लग, नोजप्लग, प्याडल र वाटर प्रुफजुत्ता स्विमिङका आवश्यक परिधान हुन् । सँगसँगै एक जोर अन्तर्वस्त्र र लुगा राख्न पनि नबिर्सेको राम्रो हुन्छ । के थाहा ? तपाईंको लुगा भिजिहाल्न पनि त सक्छ नि !

५. पानी बोक्नुहोस्
स्विमिङ जानुको अर्थ शरीरमा पानी प्रशस्त हुन्छ भन्ने होइन । तपाईं जहाँ जस्तोसुकै गुणस्तरीय स्विमिङ पुलमा भए पनि पिउने पानी तपाईंको हातमै हुनु राम्रो हुन्छ । पानीको कमीले शरीर सुक्खा बनाउँछ । पाचन प्रणालीमा गडबडी हुन्छ । गम्भीर स्वास्थ्य समस्या पनि हुन्छ । त्यसैले पिउने पानी बोक्न नबिर्सनुहोस् । प्रत्येक एक डेढ घन्टामा एक लिटर पानी पिउनु उपयुक्त हुन्छ ।

६. मोबाइल झोलामा
मोबाइल, ट्याबजस्ता इलेक्ट्रोनिक सामान प्लास्टिकको झोलामा प्याक गर्नुहोस् । इलेक्ट्रोनिक सामान नभिजुन् भन्नेमा ध्यान दिनुहोस् । यिनलाई सानो बेग्लै झोलामा राख्नु उपयुक्त हुन्छ । स्विमिङ ब्यागमै राख्दा हतारमा पानीमा भिज्ने सम्भावना पनि हुन्छ ।

७. कपाल जोगाउनुहोस्
स्विमिङ पुलमा पानी स्वच्छ राख्न क्लोरिन राखिएको हुन्छ । क्लोरिनले कपाल नबिगारोस् भनेर ध्यान दिनु जरुरी छ । त्यसका लागि पौडी खेल्नु अगाडि कन्डिस्नर लगाउनु उपयुक्त हुन्छ । कन्डिसनरलाई वाटर स्प्रेमा थोरै पानीसँग घोलेर पौडी खेल्न जानु ठीक अगाडि कपालमा लगाउनुहोस् । यसो गर्दा क्लोरिनयुक्त पानीले तपाईं) को कपाल भिजाउन सक्दैन ।

८. पहिल्यै नुहाउनुहोस्
स्विमिङ पुलको पानी निश्चित तापक्रममा मिलाइएको हुन्छ । एकैपटक पुलमा हाम फाल्दा शरीर र पुलको तापक्रम मिल्दैन जसले स्वास्थ्यमा असर पुर्‍याउँछ । त्यसैले पुलमा जानुपूर्व नुहाउनु पर्छ । नुहाउँदा शरीरको तापक्रम पुलको तापक्रम अनुकूल हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.