प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्च अदालतले दिएको आदेश (पूर्णपाठ)
काठमाडौं : सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदको हस्ताक्षरसहित व्यवस्थापिका संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
आइतबार प्रधानन्यायाधीशविरुद्ध लागेको महाअभियोग प्रस्तावमाथि परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्किन शुक्रबार अन्तरिम आदेश दिएको हो।
न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन सरकार र संसदका नाममा अन्तरिम आदेश दिनु भएको हो। उहाँले यो मुद्दाले आफूलाई भावुक बनाएको समेत उल्लेख गर्नु भएको छ।