सेयर व्यवसायमा पुस्तान्तरण

सेयर व्यवसायमा पुस्तान्तरण

काठमाडौं : नेपालमा सेयर बजारको स्थापना हुनुअघि पुरुषोत्तमराज पौड्याल वीर अस्पतालमा लेखापालको काम गर्नुहुन्थ्यो । सरकारी जागिरमा २९ वर्ष अनुभव लिएपछि उहाँ सेयर बजारमा प्रवेश गर्नुभयो । २०४९ सालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुल्यो । त्यसपछि उहाँ सेयर बजारमा लाग्नुभएको हो । अहिले उहाँको व्यवसाय उहाँका छोरा र छोरीले सञ्चालन गरिरहनुभएको छ । यसरी करिब दुई दशकको यो अवधिमा अन्य व्यवसायमाजस्तै यो व्यवसायमा पनि पुस्तान्तरण देखिन थालिसकेको छ ।

स्व. सज्जनकुमार अग्रवालको आफ्नै प्रिन्टिङ प्रेस थियो । नेप्से स्थापना भएपछि जगदीश अग्रवालको प्रतिनिधि भएर उहाँले धितोपत्र बजारको काम गर्न थाल्नुभयो । सेयर मार्केट र वित्तीय क्षेत्रमा राम्रो ज्ञान भएकाले बुवाले एबीसी सेक्युरिटी खोलेर सेयर बजारको कार्य गर्न सुरु गर्नुभएको हो । बुवाको मृत्युपश्चात मैले व्यवसाय सञ्चालन गरिहेको छु', उहाँका छोरा नितेश अग्रवालले सुनाउनुभयो ।नन्दकिशोर मुन्डाराले सेयर बजारको कारोबार गर्न थालेको दुई दशक भइसकेको छ । उहाँ अहिले पनि कम्पनीको अध्यक्ष नै भए पनि उहाँको अनुपस्थितिमा उहाँका छोरा बैंकाटेश मुन्डाराले व्यवसाय सम्हाल्दै आउनुभएको छ । उहाँले निर्देशकको रूपमा व्यवसाय सञ्चालन गर्न थालेको १२ वर्ष भइसकेको छ ।

नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ इश्वरीप्रसाद रिमालका भतिजाले प्रमुख कार्यकारी अधिकृत भएर कम्पनी सञ्चालन गर्न थालेको डेढ वर्ष भयो । उहाँले २०६३ देखि उक्त कम्पनीमा आधिकारिक प्रतिनिधि भएर काम गर्नुभएको थियो । उहाँको काका लाइसेन्स खुलेदेखि नै यस क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।

स्टक एक्सचेन्ज खुल्दा म बीआरएस न्यौपाने कम्पनीको मट्टिहानीमा अडिट गर्दै थिएँ । काठमाडौंबाट अरुणकुमार श्रेष्ठको आवा गयो । त्यो छाडेर यहाँ आउनु्स् हाम्रो काम हुने भयो, तपार्इंले सेयर बजारको काम हेरिदिनुपर्‍यो भनेर बोलाइयो । म पनि छोडेर आएँ । अनुपकुमार श्रेष्ठले नै मलाई यसमा जानुपर्छ भनेर बाटो देखाउनुभएको हो । म अडिट गरेर हिड्ने तथ्यांकसँग खेल्न जान्ने मात्र थिए । सेयर बजारको बारेमा खासै जानकारी थिएन । म एकाउन्टको विद्यार्थी भएकाले काम गर्दै जाँदा सहजै भयो । त्यति बेला बजार बैकिङ क्षेत्रमा केन्द्रित थियो ।

मैले काम गर्दै गरेको कम्पनीका तीनै सञ्चालक अनुपकुमार श्रेष्ठ, विनोद कुमार श्रेष्ठ र ज्ञानेन्द्रबहादुर भारीले सेयर कारोबार गर्न पाउने दरखास्त दिए । त्यतिबेला कम्पनीले नभई व्यक्तिले आवेदन दिन पाउने व्यवस्था थियो । उहाँहरू तीनै जनाले एक, तीन र १३ नम्बरको ब्रोकर लाइसेन्स पाउनुभयो । उतिबेला ब्रोकर कम्पनी खोल्नका लागि २० लाख पुँजी भए पुग्थ्यो । म अरुण सेक्युरिटीमा महाप्रबन्धक थिएँ । सेक्युरिटी भनेर दुबई जान मिलाइदिनुस् भनेर धेरै आउँथे । यी तीनैवटा अफिस अपरेसनको पाटोमा मैले काम गरेको हुँ । पछि एक र तीन बेचियो । १३ पनि बिक्री गर्ने भनेपछि मैले यो कम्पनी आफ्नो नाममा लिएको हुँ ।

बजार घट्नुका कारण
तरलता र ब्याजदर
तरलता संकुचन हुँदा तथा ब्याजदर बढ्दा
बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण (वार्षिक मुनाफा)
घरजग्गा, सुनलगायत कमोडिटी बजारप्रति आकर्षण
राजनीतिक अस्थिरता
दैवी तथा प्राकृतिक प्रकोप

सेयर बजार अटोमेसनमा जानुअघि बोलकबोलमा सेयर किनबेच हुन्थ्यो । डकुमेन्ट सबै हस्तलिखित हुन्थे । अघिल्लो दिन कारोबार भएको डकुमेन्ट तयार पारेर भोलिपल्ट सेयर बजार खुल्नुअघि स्टकमा सम्पूर्ण विवरण बुझाउनुपर्ने झझन्टिलो कार्यशैली थियो । बोलकबोलमा सेयर किनबेच हुन्थ्यो । पुरै ढड्डामा कारोबार उतार्नुपथ्र्यो । भोलिपल्टको १२ बजे बजार खोल्नुअघि अघिल्लो दिनको कारोबार विवरण बुझाइ सक्नुपर्ने व्यवस्थाले कतिपय दिन रातभरि बसेर डकुमेन्ट तयार पारिन्थ्यो ।

रातभरि घोप्टो परेर काम गर्नुपथ्र्यो । कमै लगानी हुन्थ्यो । एक दिनमा ५० लाखको कारोबार भयो भने हामी दंग पथ्र्यौं । आज यतिको कारोबार भयो भनेर बजार नै हल्लीखल्ली हुन्थ्यो । एउटा ब्रोकरबाट पाँच लाखको कारोबार भएमा ताली पिटेर चिया खुवाएर खुसी मनाइन्थ्यो । कहिलेकाही १५ लाख पनि हुने गथ्र्यो । साधारणतया ३०/३५ लाखको कारोबार हुन्थ्यो । अहिलेको नविल बैंकको सेयर कारोबारको डिल हामीले नै गरेका हौं । त्यतिबेला ठूला औद्योगिक घरानाको मात्र सेयरमा बाहुल्यता थियो । फाटफुट सर्वसाधारण बजारमा आकर्षित हुँदै गए पनि उपस्थिति अत्यन्त न्युन थियो ।

उतिबेला पौड्यालले सेयर खरिद गर्न चाहने लगानीकर्तालाई घाम ताप्ने बेलामा सेयर किन्ने र छाता ओड्ने बेलामा बेच्ने सल्लाह दिन्थे । अहिले करिब तीन दशकमा सेयर बजारमा ठूलो परिवर्तन आएको छ । अहिले बजारको ट्रेन त्यस्तो छैन । कुन बेला के हुन्छ भन्न सकिँदैन । पहिला ब्रोकरले सेयर कारोबार तथा व्यवसायलाई दोस्रो व्यवसायका रूपमा लिएका थिए अर्थात पार्ट टाइममात्र काम हुने गर्थ्यो । तर, अहिले आकर्षक व्यवसायको रूपमा रुपान्तरण भएको छ ।

 

बजारमा स्वस्थ प्रतिस्पर्धा बढेको छ । व्यक्तिगत हितमा बजार केन्द्रीकृत हुँदै गएको देखिन्छ । अस्वस्थ प्रतिस्पर्धाका कारण कतै भोलि बजार डामाडोल हुने त होइन भन्ने डर छ पौड्याललाई । यस विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । उतिबेला लगानीकर्तालाई एउटै कम्पनीबाट कारोबार गर्न उस्काइन्थ्यो भने अहिले ठूला कारोबार गर्नेलाई साम दाम गरेर तान्ने गरिन्छ । अहिले प्रविधिको विकास भएको छ । मानिसमा चेतना पनि आएको छ । काम गर्न सहज छ । ३०/४० लाखको बजार बढेर डेढ अर्बमा पुगेको छ । ठूलादेखि साना लगानीकर्ताको समेत उत्तिकै आकर्षण बढ्दो छ ।

सुरुका वर्षमा सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु जत्तिकै मानिन्थ्यो । तर, बजार आम नागरिकले सोचेजस्तो होइन । लगानी गरेपछि धेरै थोरै प्रतिफल प्राप्त नै हुन्छ । लगानी डुब्ने होइन । बजारमा त्यति धेरै उतारचढाव पनि हुँदैनथ्यो । तर, अहिले दिनमै तीन पटकसम्म सर्किट ब्रेक लागेर समयअगावै बजार बन्द गर्नुपर्ने अवस्था धेरै पटक आएको छ । कागजी प्रक्रियालाई छाडेर डिम्याटमा गएपछि कार्य सम्पादन गर्न निकै सहज भएको छ । पहिला ६ महिना कुर्नुपर्ने कारोबार अहिले पाँच दिनमै समाप्त हुन्छ । लगानीकर्ताले तत्कालै भन्दा पनि कम्तीमा ६ महिना सेयर किनिसकेपछि होल्ड गर्नु राम्रो हुन्छ । त्यति समय राख्न सकेमा यसबाट फाइदा लिन सकिन्छ भन्ने हो ।

पहिला सेयर कारोबार गर्नका लागि ३२ जना व्यक्तिलाई लाइसेन्स दिइएको थियो । वास्तवमा भन्नुपर्दा त्यतिखेर सेयर बजार सबैको झोला झोलामा थियो । त्यतिबेला नौ नम्बर ब्रोकर अच्युतकृष्ण खरेलको मृत्यु भयो । म ब्रोकर एसोसिएसनको महासचिव थिए । कस्तो दुःख लाग्यो भने मान्छेको मृत्यु भएको बेलासमेत घरमा गएर कति खरिदबिक्री भएको रहेछ भनी कागजात खोजीनिधि गर्नुपर्ने भयो । नेपाल स्टक एक्सचेन्जको मान्छे राखेर काम गर्दा अति दुःख लाग्यो र अव्यवहारिक पनि ।

त्यसपछि संघको अग्रसरमा व्यक्तिको नाममा रहेको लाइसेन्सलाई कम्पनीमा रुपान्तरण गरिएको हो । कम्पनी भएमा कमसेकम एउटा कार्यालय हुन्छ र कार्य सम्पादन गर्न सहज हुन्छ भनी हामै्र मागअनुसार कम्पनी बनेको हो । २०५३ सालमा कम्पनी ऐन पनि आयो र व्यक्तिमा रहेको ब्रोकर्स लाइसेन्स कम्पनीमा परिणत भयो । एक नम्बर ब्रोकर कुमारी सेक्युरिटी सर्भिस तीन नम्बर ब्रोकर अरुण सेक्युरिटिज र अहिलेको १३ नम्बर अन्नपूर्ण सेक्युरिटी थियो । यी तीनैमा कर्मचारी व्यवस्थादेखि बजारको कारोबारसम्म पौड्यालले नै व्यवस्थापन मिलाउनुभएको थियो । त्यतिबेलाको अन्नपूर्ण सेक्युरिटी नै अहिलेको थ्राइभ ब्रोकरेज हाउस हो । जुन अहिले मेरो छोरा अनोज, अञ्जन र छोरी निताले सम्हालीरहेका छन् ।

२०५७/५८ मा सेयर कारोबार एकै पटक माथि पुग्यो । उतारचढाव आउनु त सेयरको प्रवृत्ति नै हो । हरेक एक दशकमा बजार यसरी नै माथि जाने अनि केही करेक्सन हुने गरेको छ । बजार विस्तार भएसँगै ब्रोकर पनि बढ्नुपर्ने हो । पहिलो पटक ३२ ले सेयर कारोबारको अनुमति पाए पनि अहिले सो बढेर ५० नाघेको छ । दैनिक कारोबार बढाउन शैक्षिक संस्थान, हस्पिटल, ठूला कम्पनी पनि सेयर बजारमा सूचीकृत हुनुपर्छ ।
अहिले कारोबार र लगानीकर्ता दुवै बढेको छ र त्यही अनुसार प्रविधिको पनि विकास भएको छ । यसकारण अहिले काम गर्न सहज छ । दिनमै एक डेढ अर्बको कारोबार हुने गरेको छ । दैनिक ३०÷४० जना लगानीकर्ता बढेर सयांैको संख्यामा पुगेका छन् । कारोबार रकम छिनछिनमै थाहा पाउन सकिन्छ । अझ चालू आवदेखि डिम्याटमा गएपछि त अझ कारोबार गर्न सजिलो भएको छ ।

विदेशीको तुलनामा नेपाली बजार निकै पछाडि

विदेशीको तुलनामा हामी निकै पछि छौ । भुटान जति पनि हुन सकेका छैनौं । अहिले इन्टरनेटबाट कारोबार गर्ने भनिए पनि लगानीकर्ताले कोठामा बसेर सेयर किनबेच गर्न पाउने अवस्थामा हामी पुग्न सकेका छैनौं । यस्तो कहिले हुन्छ भनी लगानीकर्ताबाट प्रश्न आउन थालेको धेरै भइसक्यो ।

लगानी गर्ने मानिस जति पनि छन् र सरकारले यसका लागि सहज वातावरण बनाइदिनुपर्छ । पीपलको पात हल्लियो भने पनि सेयर बजार तलमाथि हुन्छ भन्ने विदेशी लेखमा पढेको थिएँ, अहिले नेपालमा पनि त्यस्तै हुन थालेको छ । उतारचढाव हुनु सेयर बजारको विशेषता नै हो । भाउ घटाउने बढाउने लगानीकर्ता नै हुन् । सेयर बजार उतारचढाव हुँदा ब्रोकर, लगानीकर्ता ताते पनि अन्यमा उसको कुनै हात हँदैन । बरु विशेष बैठकमा भएका गोप्य सूचनाको असर बजारमा प्रत्यक्ष देखिन्छ । आफ्नो ठाउँमा बसेर दायित्व पूरा नगर्दा बजार अस्वस्थ भएका हो ।

कसरी बढ्छ बजार

नेपालमा लगानीको अवसर कम छ र पैसाको तरलता बढी । बैंकमा पैसा राखे ब्याज नै कम । पछिल्लो बैंकमा पैसा राख्नुको साटो बैंकबाट कर्जा लिएर सेयरतर्फ लगानी गर्नुलाई ठिक मान्न थालिएको छ । नेपाली सेयर बजारको इतिहास केलाउँदा दुई दशकमा जब–जब बैंकले सेयर किन्न कर्जा खुकुलो पारेको छ, तब–तब सेयर बजार उँभो लाग्यो र कर्जा दिन कडाइ भएपछि ओरालो ।
केही महिनाअघि पनि त्यस्तै देखियो । यस वर्ष पनि बैंकले कर्जा दिन नसकेपछि सेयर बजार ओरालो लाग्यो । गत वर्ष अन्य आर्थिक क्रियाकलाप ठप्प भए पनि बैंकमा प्रशस्त तलरता भएका कारण सेयर बजार भने उकालो लागि नै रह्यो । यस वर्षको भदौमा आइपुग्दा बजार हालसम्मकै माथिल्लो बिन्दुमा पुग्यो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.