टिपरको ठक्करबाट मृत्यु

टिपरको ठक्करबाट मृत्यु

महेन्द्रनगर धनुषा : सपहीमा आज बिहान टिपरले ठक्कर दिँदा सपही निवासी ५५ वर्षीय वैजनाथ साहको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत सपही सडकखण्डमा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर नरेश सिंहले बताउनुभयो । बिहान ५ बजे ढल्केवरतर्फबाट जनकपुर जाँदै गरेको ना ७ ख २२६३ नंको टिपरले बाटो काट्ने क्रममा साहलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि टिपर र चालकलाई वडा प्रहरी कार्यालय मुजेलियाले नियन्त्रणमा लिएको छ । अहिले दुर्घटनापछि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.