लुक्ला विमानस्थमा दैनिक डेढसय उडान

लुक्ला विमानस्थमा दैनिक डेढसय उडान

लुक्ला सोलुखुम्बु : विश्वकै खतरा सूचीमा परेको तेन्जिङ हिलारी लुक्ला विमानस्थलले दैनिक डेड सयभन्दा बढी उडान भर्दै आएको छ । वैशाख ३ गते यस विमानस्थलबाट एक सय २५ उडान भएका नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

सगरमाथा आधार शिविरको मुख्य मार्गले गर्दा पर्यटक आवगमन तीव्र भएपछि उडानको संख्या दैनिक रूपमा बढ््दो रहेको प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर दीपक पोख्रेलले जानकारी दिनुभयो । गत चैत महिना नियमित उडानतर्फ सात सय ६४ र हेलिकोप्टरले एक हजार सात सय ५० गरी दुई हजार पाँच सय १४ वटा उडान गरेको पोख्रेलले जानकारी दिनुभयो । खतरा सूचीमा रहेको यस विमानस्थल त्रिभुवन विमानस्थलपछिको व्यस्त विमानस्थल भएको उहाँले दावी गर्नुभयो ।

उडान गर्न जहाजलाई भु-बनावट अप्ठ्यारो, धावनमार्ग छोटो, साँघुरो, एक तर्फीबाट मात्र अवतरण गर्न सकिने, चाँडै मौसम परिर्वतन हुने र जहाज पार्किङ समस्या यस विमानस्थलको मुख्य समस्या भएको प्राधिकरणले जनाएको छ । तारा, गोमा, सीता, सिम्रिक र नेपाल एयरलाइन्सले गरी दैनिक ६० देखि ७० वटासम्म नियमित उडान गर्ने गरेका छन् । हेलिकोप्टरले एक सय २० वटासम्म उडान गर्ने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । चार वर्षअघि एकै दिन दुई सयसम्म उडान गरेको तथ्यांक छ ।

धावनमार्ग छोटो र भू-बनावट अप्ठ्यारो भएपछि लेट, डोरनियर, ट्विनअटरजस्ता जहाजले मात्र उडान भर्दै आएका छन् । विमानस्थलमा एक पटकमा चारवटा जहाज र पाँचवटा मात्र हेलिकोप्टर पार्किङ गर्न सक्ने क्षमता छ । उडान धेरै हुँदा जहाज र हेलिकोप्टर होल्ड हुनु पर्ने समस्या भएकाले तत्काल पार्किङ विस्तार गर्न सम्बन्धित निकायसँग माग गरिएको स्थानीय व्यवसायी टासी शेर्पाले बताउनुभयो । विमानस्थलमा एकतर्फी अवतरण गर्नुपर्ने भएकाले हावा चल्दा दुर्घटना हुने खतरा रहेको शेर्पाले बताउनुभयो ।

व्यस्त भएकाले प्राधिकरणले विमानस्थलबाट राम्रो आम्दानी गर्ने हुँदा यहाँबाट भएको आम्दानीलाई लुक्ला विमानस्थल विस्तारमा लगानी गर्न लुक्लाका व्यवसायीले माग गरेका छन् । दुई हजार आठ सय ४० मिटर उचाइमा रहेको यस विमानस्थलमा एकै पटकमा आठवटासम्म जहाज उड्ने भएकाले अवतरण गर्न समस्या हुने गरेको प्राधिकरणको भनाइ छ । अधिकांश हेलिकोप्टर लुक्लामै बस्ने भएकाले अवतरण, वास, सुरक्षा र सञ्चार शुल्कबाट प्राधिकरणले राम्रो आम्दानी गर्ने गरेको छ । प्राधिकरणको नाफामा रहेको विमानस्थलमध्ये तेन्जिङ हिलारी विमानस्थल लुक्ला मुख्य हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.