शिविरमा २४० जनाको स्वास्थ्य परीक्षण

शिविरमा २४० जनाको स्वास्थ्य परीक्षण

भक्तपुर : क्यान्सर रोगबारे जनचेतना जगाउन र सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न नगरकोटमा एक दिने स्वास्थ्य शिविर गरिएको छ । भक्तपुर, काठमाडौं र काभ्रेका सर्वसाधारणलाई लक्षित गरी शिविर आयोजना गरिएको हो । शिविरमा दुई सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्था निधी शक्ति स्वास्थ्य संस्थाका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो ।
परीक्षणमा सहभागी अधिकांश महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ । यस्तै वृद्धा महिलामा पनि महिलासम्बन्धी समस्या उच्च पाइएको छ । परीक्षणका क्रममा क्यान्सरको शंका गरिएका केहीलाई थप परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पतालमा बोलाइएको आयोजकले जानकारी दिएका छन् । शिविरमा आएका पुरुषको मुख र फोक्सोको विशेष परीक्षण गरिएको थियो । स्वास्थ्य शिविर भक्तपुर अवुर्द रोग निवारण संस्था र भगवान युवा क्लव आलापोटको सहयोगमा सञ्चालन गरिएको हो ।
क्यान्सरको प्रभारम्भिक चरणमा नै उपचार गर्न सके निदान गर्न सम्भव हुन्छ । तर, ग्रामीण क्षत्रका वासिन्दा यस विषयमा सचेत नहुँदा रोग थाहाभएपछि पनि उचार कठिन बन्ने गरेको छ । भक्तपुर अर्वुद रोग निवारण संस्थाका अध्यक्ष श्रीधर राठौरले शिविरमा भक्तपुर क्यान्सर अस्पतालका दुई जना चिकित्सकसहित १४ जनाको स्वाथ्यकर्मी टोली सहभागी भएको जानकारी दिनुभयो । संस्थाले आगामी दिनमा काभ्रे, रामेछाप, दोलखालगायतका जिल्लामा पनि क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ । आयोजक संस्थाले क्यासर रोग लागि उपचार गराउन नसक्ने व्यक्तिहरूको उपचारमा पनि सहयोग गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.