हेली एभरेष्टको हेलिकोप्टर लुक्ला विमानस्थलमा ‘फोर्स ल्यान्डिङ’

हेली एभरेष्टको हेलिकोप्टर लुक्ला विमानस्थलमा ‘फोर्स ल्यान्डिङ’

लुक्ला :  हेली एभरेष्टको हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको छ । आइतबार बिहान सगरमाथा आधार शिविरबाट यात्रु लिएर आएको हेलिकोप्टर ‘नाइन एन ए केजी’ लुक्ला विमानस्थलमा ‘फोर्स ल्यान्डिङ’ गर्नुपरेको हो ।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका योगेन्द्र कुँवरका अनुसार लुक्लाबाट उडेको हेलिकप्टर एभरेष्ट बेसक्याम्पको सेभेन समीट हेलीप्याड र लुवुचे हेलिप्याडमा दुई पटक अवतरण गरेको र हावाको बहावढी भएका कारण असहज तरिकाले अवतरण गर्दा हेलिकप्टरको टेलबम्ममा क्षति पुगेको हो ।

टेलिकप्टरका पाइलट स्वीजरल्याण्डका ग्रेगर वीर थिए । हेलिकप्टरमा रहेका एक भारतीय पर्यटकलाई लुक्ला बिमानस्थलमा सुरक्षित अवतरण गरिएको कुँवरले जानकरी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणको फ्लाइ सेफ्टी डिपार्टले चेकजाँच गरेपछि मात्र हेलिकप्टरलाई उडानको अनुमति दिने जनाइएको छ।

 लुक्लामा कार्यरत आङटासी शेर्पाका अनुसार हेलिकोप्टरको पुच्छरमा ठोक्किएका जानकारी आए लगत्तै ‘फोर्स ल्यान्डिङ’ भएको थियो । तर कहाँ र केसँग ठोक्किएको भन्ने जानकारी नभएको उहाँको भनाई छ । उक्त हेलिकोप्टर ईञ्जिनियरले हेर्न बाँकी रहेको र ईञ्जिनियरले हेरेपछि मात्र कति क्षति भएको, उडान भर्न मिल्ने/ नमिल्ने थाहा हुने उहाँको भनाई छ ।

सबै यात्रु सकुसल रहे पनि हेलिकोप्टरमा सामान्य क्षति पुगेको छ। फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टरको इन्जिनमा क्षति पुगेको हुनसक्ने अनुमान पाइलटको छ ।

यसैबीच सगरमाथा आरोहणका क्रममा निधन हुनुभएका सगरमाथा आरोही मिनबहादुर शेरचनलाई आधारशिबिरबाट लुक्ला ल्याइएको छ । मुचुल्का उठाएर टिचिङ अस्पताल लैजाने तयारी भएको शेर्पाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.