धादिङमा कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

धादिङमा कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

धादिङ : धादिङको धुनीबेशी नगरपालिका-५ बद्रीटार चौरमा गएराति दुई गाडीमा आगजनी भएको छ ।नेपाली काँङग्रेसकोतर्फबाट धुनीबेशी नगरपालिका वडा नं ५ का उम्मेद्वार नवराज धितालले चुनावी प्रयोजनको लागि प्रयोग गरेको बा १२ च १२७६ नम्वरको बोलेरो जीप र काङग्रेसकै नेता विदुर अकौलियाले प्रयोग गरेको बा ३ च १७०३ नम्वरको नीजि गाडीमा आगजनी भएको हो ।

Displaying received_1051921001606833.jpeg

आगजनी कसले गरेको भन्नेबारे अहिलेसम्म नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको खानीखोला प्रहरीले जानकारी दिएको छ । आगजनीका कारण दुवै सवारी साधन क्षतिग्रस्त भएको छ ।

Displaying received_1051920998273500.jpeg

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा धादिङको दक्षिणी राजगमार्ग क्षेत्रमा उमेद्वारका गाडीमा लक्षितगरी अज्ञात समूहले आगो लगाउन थालेका छन । यसअघि शनिबार धादिङकै थाक्रे गाउँपालिका वडा नं २ नेकपा एमालेका उम्मेद्वार राजकुमार पौडेलको गाडीमा पनि आगजनी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.