भक्तपुरमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट

भक्तपुरमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट

भक्तपुर : भक्तपुर नगरपालिका १ टेखापुखुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । खाना पकाएर त्यसै छाडिएको भुसे चुल्होबाट सल्किएको आगोले पाँच घर सखाप पारेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार इन्द्र शिल्पकारको घरबाट सुरु भएको आगो क्रमशः कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रभक्त शिल्पकार र न्हुछेमाया शिल्पकारको घरसम्म फैलिएको थियो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले भुसे चुल्होबाट सुरु भएको आगो फैलिएर घर नै जलाउन थालेपछि गए राती करिब २ बजेमात्रै जानकारी आएको बताउनुभयो ।

आगलागीबाट के कति क्षति भए भन्नेबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पाँच घरमध्ये चन्द्रभक्त शिल्पकारले आफ्नो घर भाडामा दिनुभएको थियो । त्यस्तै चन्द्रभक्त शिल्पकारको घरमा भने उहाँ र छोरा चन्द्रबहादुर गरी दुई परिवार बस्दै आएको थियो ।उक्त आगो निभाउन भक्तपुर, काठमाडौं र ललितपुरसँगै नेपाल प्रहरीको दमकल प्रयोग भएको थियो ।

प्रहरीका अनुसार सिकर्मी पेसामा आवद्ध शिल्पकारहरुको घरमा राखिएका काठ, प्लाइजस्ता काष्ठ सामग्रीमा आगो टिप्दा आगलागी झनै भीषण भएको थियो । साथै घर पनि काठ बढी प्रयोग गरिएको पुरानो शैलीको भएकाले पनि आगलागी नियन्त्रणमा लिन धेरै समय लागेको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति नभए पनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामान सबै जलेर नष्ट भएको पीडितहरुले जनाएका छन् ।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आउन बाँकी भएको भक्तपुर प्रहरीले जनाएको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.