टोलटोलका हरिबहादुर पुस्तकमा

टोलटोलका हरिबहादुर पुस्तकमा

काठमाडौं : कलाकार हरिवंश आचार्यको दोस्रो पुस्तक 'हरिबहादुर' सार्वजनिक भएको छ । टेलिचलचित्रमा लोकप्रिय बनेको नकारात्मक चरित्र हरिबहादुरलाई अब किताबमा पढ्न पाइने भएको छ । शनिबार प्रज्ञाप्रतिष्ठानको डबलीमा ठूलो भीडमाझ पुस्तक लोकार्पण भयो ।हरिवंशको नाम सुनेरै हाँस्ने दर्शकले उनको अभिनय प्रत्यक्ष हेर्ने मौका पाए । पुस्तक लोकार्पण हुनुपूर्व हरिबहादुर चरित्रको प्रहसन देखाएर हरिवंशले दर्शकलाई पेट मिचिमिची हँसाए । अभिनयमार्फत उनले नेपालको लेखकीय प्रवृत्तिदेखि राजनीतिसम्मलाई प्रहार गरे । विकासविरोधी नेतादेखि महाअभियोगसम्मको विषयलाई प्रहसनले बलियो झापड हानेको थियो।

हरिबहादुर चरित्रले टेलिचलचित्रमा सबैभन्दा बढी मदनबहादुर चरित्रलाई दुःख दिएको थियो । हरिबहादुरलाई मदनबहादुरले जति राम्रोसँग कसले चिन्ला र ? कलाकार मदनकृष्ण श्रेष्ठले पुस्तक विमोचन गर्दै टोलटोलमा हरिबहादुर चरित्र भएको बताए । राजनीतिक पार्टीदेखि कोलोनीसम्म हरिबहादुरको कमी छैन हाम्रो देशमा । 'तिनै हरिबहादुरहरू नेता भएकाले देशमा ताण्डव नृत्य देखिरहेका छौं', उनले भने, 'हुँदाहुँदा सर्वोच्च अदालतबाट सर्वोच्च भन्ने शब्द नै हटाउन लागे ।' यसलाई पनि लोकतान्त्रिक अभ्यासका रूपमा लिएर योभन्दा बढी अभ्यास देख्न पाइयोस् भन्दै व्यंग्य प्रहार गरे । हरिवंशलाई बधाई दिँदै मदनकृष्णले आफ्नो पुस्तकको पनि तयारी भइरहेको जानकारी दिए ।

 

कार्यक्रमको तेस्रो भागमा लेखक बुद्धिसागरले हरिवंशसँग प्रश्नोत्तरसँगै पुस्तकको बारेमा टिप्पणी गरे । उपन्यासका रूपमा आएको पुस्तकले जीवन्त दृश्यहरू प्रस्तुत गर्न सफल भएको बताए । उनले दुखद घटनालाई पनि हास्यरस मिसाएर प्रस्तुत गर्न सिपालु हरिवंशको लेखकीय मिठासको वर्णन गरे । अभिनय र लेखन फरक विधा भएकाले हरिवंशको लेखनमाथि धेरै टिप्पणी हुने गरेका छन् । कतिले उनका पुस्तकलाई उनले लेखेको होइन पनि भन्ने गरेका छन् । हरिवंशको मनमा यस्ता कुराले कुनै तरंग सिर्जना गर्दैन । त्यस्ता प्रश्नलाई पुस्तक लेखेरै जवाफ दिँदै गएका छन् । नाटक गर्नुपूर्वको स्क्रिप्ट लेखनले हरिवंशलाई आख्यान लेखनमा बलियो बनाएको छ । सिनेमाका दृश्य फेरिएजसरी पुस्तकमा पनि दृश्य फेरिएको र त्यसरी नै पात्रहरूको आगमन भएजस्तो बुद्धिसागरलाई लाग्यो । 'चिना हराएको मान्छे'मा आत्मकथा लेख्दा खोल्न नसकिएका कतिपय कथा यसमा लेखेको हरिवंशले बताए ।

हरिवंशको 'चिना हराएको मान्छे'को सफलतापछि फाइनप्रिन्ट पब्लिकेसन्सले 'हरिबहादुर' बजारमा ल्याएको छ । पुस्तकको कभरमा हेर्दै रिसउठ्दो पात्र हरिबहादुरको तस्बिर देखिन्छ । तस्बिरलाई कलाकार कविराज लामाले 'उडकट प्रिन्ट' गरेका हुन् । लामाले विमोचन समारोहमा 'उडकट प्रिन्ट' फ्रेम गरेर हरिवंशलाई उपहार दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.