अफिसर्स च्वाइस ब्लु नेपालमा
काठमाडौं : अलाइड ब्लेन्डर्स एन्ड डिस्टिलर्स प्रालिले नेपाली बजारमा आफ्नो डिलक्स ह्विस्की ब्रान्ड 'अफिसर्स च्वाइस ब्लु' सार्वजनिक गरेको छ । तीव्र रूपमा बजार बिस्तार गरेको मदिरा कम्पनीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अफिसर्स च्वाइस ब्लु नेपालमा भित्रिएको घोषणा गरेको हो ।सन् २०११ देखि आफ्नो उत्पादन सुरु गरेको कम्पनीले आजसम्म तीन करोड ३२ लाख केस बिक्री गर्न सफल भएको छ । एबीडीको उपस्थिति अहिले विश्वका २६ मुलुकमा छ ।
कम्पनीका लागि भारत, यूएई, ओमन, कतार, बहराइन, नाइजेरीया, तान्जानिया, मलेसिया, सिंगापुर, चिली, हाइटी तथा अमेरिकाको बजार महत्वपूर्ण छ । कम्पनीको फ्ल्यागसिप ब्रान्ड अफिसर्स च्वाइस ह्विस्की विश्वमा दोस्रो सबैभन्दा धेरै बिक्री हुने मदिरा ब्रान्ड भएको कम्पनीको दाबी छ ।
अफिसर्स च्वाइस ब्लु, अफिसर्स च्वाइसको प्रिमियम संस्करण हो जुन सन् २०११ मा अनावरण गरिएको थियो । पाँच वर्षको छोटो अवधिमा यो ब्रान्डले ८० लाख केस उत्पादन गरिसकेको छ । यसको विशेष स्कच जौं तथा अन्य अन्नको समि श्रणमा तयार पारिएको मदिराले उपभोक्ताको मन जित्न सफल भएको छ । यसको उत्कृष्ट प्याकेजिङ र सञ्चार सम्वादले विश्वभरका उपभोक्तालाई आकर्षित गर्न सफल भएको कम्पनीको दाबी छ । विश्वभरका बजारमा परीक्षण सफलतापछि अफिसर्स च्वाइस ब्लु एबीडीको बिस्तार रणनीतिअन्तर्गत नेपालमा आइपुगेको छ ।
अफिसर्स च्वाइस ब्लु नेपालमा सार्वजनिक हुनु भनेको उपभोक्ताको चाहनालाई थप उत्साहित बनाउनु रहेको कम्पनीको भनाइ छ । अलाइड ब्लेन्डर्स एन्ड डिस्टिलर्सका कार्यकारी उपाध्यक्ष दीपक रायले एबीडीको आधारभूत मूल्य निरन्तर खोजमुलक रहनु र अन्यभन्दा फरक हुनु रहेको बताउनुभयो । यही मान्यताले अफिसर्स च्वाइस ब्लु एक श्रृजनाको रूपमा अगाडि आएको उहाँले बताउनुभयो ।
यसको प्याकेजिङ उत्कृष्ट रहेको उहाँले बताउनुभयो । नेपालमा अफिसर्स च्वाइस ब्लुको लन्च गर्न पाउँदा निकै खुसी लागेको उहाँले उल्लेख गर्नुभयो । नेपाली र भारतीय उपभोक्ताबीच धेरै विषयमा समानता छ । विश्वका अन्य स्थानजस्तै नेपालमा पनि अफिसर्स च्वाइस ब्लुले नौलोपना ल्याउन विश्वस्त रहने उहाँले बताउनुभयो । उहाँले यो सार्वजनिक कम्पनको पहिलो सुरुवात भएको र यसले कम्पनीलाई आफ्नो उद्देश्य नजिक पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।