प्रितीको 'भोक जरुरी छ' अभियान
काठमाडौं : प्रिती तयारी चाउचाउले 'भोक जरुरी छ' नामक अभियान सञ्चालनमा ल्याएको छ । एसियन थाई फुड्स प्रालिको उत्पादन प्रिती तयारी चाउचाउको उक्त अभियानअन्तर्गत आफ्नो भोक पछ्याई विभिन्न क्षेत्रमा सफल व्यक्तित्वलाई उदाहरणका रूपमा लिइएको छ । आम मानिसमा केही गर्ने भोकलाई विकास गर्न प्रितीले यो अभियान सुरु गरेको हो ।
प्रितीको उक्त अभियानमा महावीर पुन, निशा अधिकारी र इन्दिरा रानामगर सोचमा परिर्वतन ल्याउन सक्ने सेलिब्रिटी भएको बताइएको छ । महावीर पुन 'म्यागासेसे' पुरस्कार विजेता हुनुहुन्छ । उहाँ दुर्गम गाउँमा इन्टरनेटको माध्यमबाट धेरै कुरामा परिर्वतन ल्याउन सकिन्छ भनेर लागिपर्नु भएको छ । उहाँले ऊर्जा क्षेत्रमा लगानी गरी त्यसको आयस्रोतबाट समाजिक सेवामा लागानी गर्न सकिन्छ भन्ने उद्देश्य लिनुभएको छ ।
समाजिक उत्तरदायित्वको भोकले समाजलाई सक्षम र सवलतातर्फ उन्मुख गराउने कम्पनीले उल्लेख गरेको छ । निशा अधिकारी नेपाली कलाकारका साथै मोडल पनि हुनुहुन्छ । उहाँले सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । कम्पनीको अनुसार सबै कुरामा सफल हुनु उहाँभित्र रहेको भोक हो जसका कारण उहाँ सफल हुनुभएको हो । इन्दिरा रानामगर सामाजिक परिवर्तनका लागि नाफारहित संस्था खोलेर कैदमा रहेका बाबुआमाका असहाय बालबालिकालाई पालनपोषण र शिक्षा दिक्षा प्रदान गर्दै आउनुभएको छ ।
उहाँको यो भोकले गर्दा सयौं बालबालिकाले नयाँ जीवन पाएका छन् । यसरी हरेक क्षेत्रमा अगाडि बढ्न भोक हुनु जरुरी छ । त्यसलाई प्राप्त गर्न लगनशील भई निरन्तर लाग्नुपर्छ भन्ने सन्देश यस उभियानले प्रदान गर्न खोजेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केही गर्ने भोक भए मात्र मानिसले आफ्नो लक्ष्य पछ्याउन सक्छ । प्रिती चाउचाउले सन्देशमूलक अभियान लिएर उपभोक्ताको भोक मेटाउने उद्देश्य बोकेको छ ।