नेबिको क्रुम-क्रुम बिस्कुट बजारमा
काठमाडौं : नेबिको प्रालिले आफ्नो नयाँ उत्पादन क्रुम-क्रुम बिस्कुट बजारमा ल्याएको छ । कम्पनीले ल्याएको क्रुम-क्रुम बिस्कुट हरेक उमेर समूहका ग्राहकलाई मनपर्ने स्वादमा रहेको कम्पनीले जनाएको छ । साल्ट एन्ड स्विट क्रुम-क्रुम एक प्याकेट बिस्कुटको मूल्य १० रुपैयाँ तोकिएको छ । यो बिस्कुटले छिट्टै नेपाली बजारमा आफ्नो उपस्थिति दरिलो बनाउनेछ ।
नेबिको प्रालिका ब्रान्ड म्यानेजर अरुण पौडेलका अनुसार कम्पनीले ग्राहकले खोजेजस्तै नयाँ पन, गुणस्तर र सुपथ मूल्यमा उत्पादन बजारमा ल्याएको छ । उहाँले क्रुम-क्रुम बिस्कुट निकै स्वादिलो, खाजाका रूपमा उत्कृष्ट र ग्राहकलाई सन्तुष्टी दिने बताउनुभयो ।