काकालाई खुकुरी प्रहार गरी फरार भतिज पक्राउ

काकालाई खुकुरी प्रहार गरी फरार भतिज पक्राउ

भक्तपुर :  भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारमा बस्दै आएका काकालाई खुकुरी प्रहार गरी फरार भतिजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार कौशलटारमा डेरा गरी बस्ने ३२ वर्षीय सौरभ सुवेदीलाई खुकुरी प्रहार गरेर भागेका भतिज नाता पर्ने अन्दाजी २७ वर्षका पारस कोइरालालाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उहाँका अनुसार काकालाई खुकुरी प्रहार फरार कोइरालालाई गजुरी प्रहरीले आइतबार बिहान १०ः१५ बजे बेनिघाटबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका कोइरालालाई भक्तपुर ल्याउन टोली पठाइसकिएको प्रहरी नायब उपरीक्षक ओलियाले जानकारी दिनुभयो ।

झापा, तामुङदुवा–३ घर भई हाल कौशलटारमा परिवारसँगै बस्दै आएका सुवेदीको भने उपचारको क्रममा आइतबार मृत्यु भएको छ । एसबीआई बैंकमा कार्यरत सुवेदीलाई उपचारको लागि ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओलियाले जानकारी दिनुभयो ।

घटनालगत्तै खटिएको प्रहरीले कोइरालाको कोठाबाट सुवेदीलाई प्रहार गरेको खुकुरीको दाब बरामद गरेको छ । साथै कोइरालाको कोठाबाट ३० ग्राम गाजासमेत बरामद भएको प्रहरी नायब उपरीक्षक ओलियाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको ठिमी वृत्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.