डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा ढकाल
काठमाडौं : डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित हुनुभएको छ । एसोसिएसनको शुक्रबार सम्पन्न ११ औं वार्षिक साधारणसभाले अध्यक्षमा ढकाल, प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल ,द्वितीय उपाध्यक्षमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महासचिवमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल, सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, कोषाध्यक्षमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।
त्यस्तै सदस्यमा वेस्टर्न डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर जिसी, सदस्यमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव प्रधान, कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत वीरुराम जैसी, कन्काई विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य, साहारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अजितकुमार झा गरी एघार सदस्यीय कार्यसमिति चयन गरेको छ ।