ट्याक्सी दुर्घटनामा ११ घाइते, तीन गम्भीर

ट्याक्सी दुर्घटनामा ११ घाइते, तीन गम्भीर

फिदिम :  तेह्रथुमको आठराइदेखि फिदिमतर्फ आउँदै गरेको मे १ ज २३८५ नम्बरको ट्याक्सी चुहानडाडामा आइतबार बिहान दुर्घटना हुँदा ट्याक्सीमा सवार ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चुहानडाँडा २ बस्ने गिता कट्टेल जमुना कट्टेल र चुहानडाँडा ६ बस्ने तुलसा बाँस्कोटा गम्भीर घाइते भएका छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा घोपा रिफर गरिएको छ ।

तेह्रथुमको संक्रान्ति ६ का शिक्षा इङनाम, फिदिम चार बस्ने विमला सुवेदी (बिष्ट) दिपसन रोक, झापा बुधबारे ८ बस्ने जमुना ओली, सुशीला न्यौपाने, चुहानडाँडा ९ बस्ने रमा गौतम, ह्वाकु ३ बस्ने चक्र इङनाम र उनकी श्रीमती रुपा इङनामको फिदिम स्थित पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

सडकबाट चिप्लिएर दुर्घटना भएको प्रहरीले बताए पनि चालक फरार रहेकाले घटना हुनुको कारण खुल्न सकेको छैन् । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.