गहुँ उत्पादन बढ्यो

गहुँ उत्पादन बढ्यो

बर्दिया : बर्दियामा यसवर्ष गहुँ उत्पादन बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष २.७६ प्रतिशतले गहुँ उत्पादन वृद्धि भएको हो । जिल्ला कृषि विकास कार्यालय बर्दियाका बाली विकास अधिकृत जयबहादुर महतराले यसवर्ष १७ हजार आठ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको जानकारी दिनुभयो । यसमा ६१ हजार चार सय सय १० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

बर्दियामा गरिएको गहुँखेतीबाट गत वर्ष ५९ हजार सात सय ५५ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष खेतीयोग्य जमिन दुई सय २५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ । उहाँले थप्नुभयो, 'जिल्लामा मल अभाव भए पनि सीमावर्ती भारतीय बजारबाट किसानले आपूर्ति गरेका हुनाले आवश्यक समयमा खेतीले मल पाउँदा उत्पादन बढेको छ ।

 

गहुँखेतीमा पहिला सिँचाइ र पछि युरिया मल अभाव रहे पनि सीमावर्ती भारतीय बजारबाट मलको आपूर्ति गरिँदा उत्पादन बढेको पाइएको छ । हिउँदे वर्षा राम्रो भएको र किसानले व्यक्तिगत रूपमा मल आयात गर्नुनै उत्पानको प्रमुख कारण भएको जिल्ला कृषि विकास कार्यालय बर्दियाको दाबी छ । बर्दिया जिल्ला धान उत्पादनको दृष्टिले प्रमुख मानिए पनि गहुँ उत्पादनका हिसाबले राम्रै मानिन्छ ।

गहुँ उत्पादनका लागि बर्दियाका विभिन्न क्षेत्रमा राम्रो उत्पादकत्व पाइएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । कार्यालयका अनुसार राजापुर क्षेत्रमा ४.२, गुलरिया नगरपालिकामा ३.९, सूर्यपटुवामा ३.८, कालिकामा ३.४, मैनापोखरमा ३ .५, सोरहवामा २.७५, धवारमा २.४४ मेट्रिक टन प्रतिहेक्टर क्षेत्रफल उत्पादकत्व छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.