बम बनाउने सामाग्रीसहित विप्लवका तीन जना कार्यकर्ता पक्राउ

बम बनाउने सामाग्रीसहित विप्लवका तीन जना कार्यकर्ता पक्राउ

बर्दिबासः स्थानीय निकायको निर्वाचनलाई असफल बनाउन बम बनाउन तयार गरेका सामाग्रीसहित महोत्तरीको बर्दिबासबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन्।

बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित ज्ञानप्रसाद पौडेलको घरबाट आइतबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। कोठा भाडामा लिएर बस्दै आएका उनीहरुलाइए बम बनाउन तयार गरेका सामाग्रीसहित उनीहरुलाई इलाका प्रहरी कार्यलय बर्दिबासको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पार्टीका जनकपुर ब्युरो सदस्य धनुषाधाम नगरपालिका–५ का ५५ वर्षीय महोमद आदन राइन्, सोही ठाउँका कार्यालय सदस्य ३६ वर्षीय तिलक भनिने प्रान कुमार लामा र ५१ वर्षीय महिला मिथिला चौहान रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएपी शालिग्राम शर्माले जानकारी दिनुभयो।

विशेष सुराकीका आधारमा उनीहरुलाई डिएसपी शर्माको नेतृत्व टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरुले कांग्रेसको रुख छाप भएको टिसर्ट लगाएर स्थानीय तहकोे चुनावलाई असफल बनाउने योजना अनुसार बम बनाउने र पड्काउने गतिविधि गर्दै आएका थिए।

प्रहरीले उनीहरुका साथबाट ६ वटा प्रेसर कुकर बम, तेजाव २ बोतल, बारुद बनाउने धुलो झन्डै ३ सय ग्राम, सोलडिङ वाइर र सोलडिं आइरन, सोलडिङ पेष्ट, गन्धक २ केजी बरामद गरेको छ । उनी बसेकै कोठाबाट ल्यापटप २ थान, मोबाइल ६ थान, निर्वाचन खारेज गर भन्ने लेखिएका १ सय थान पर्चा पनि प्रहरीले बरामद गरेको छ। पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.