सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने विप्लवका कार्यकर्ता पक्राउ
सिन्धुलीः निर्वाचन विरोधी गतिविधि गरेको भन्दै सिन्धुली नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन्।
वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन विथोल्ने गरी निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कमलामाई नगरपालिका–२ भद्रकालीका सुजन श्रेष्ठ, हरिहरपुरगढी गाउँपालिका–७ का हरिकृष्ण भनिने बोधराज घिमिरे र गोलन्जोर गाउँपालिका–६ खुर्कोटका जुद्धबहादुर विश्वकर्मालाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निर्वाचन विरोधी पर्चा पम्पेल्ट टाँस्ने, सर्वसाधारणलाई भोट हाल्न नजान भन्ने, उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दवाव दिने जस्ता गतिविधि गरेकाले उनीहरुलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख उमासंकर पंजियारले बताउनु भयो।
प्रहरीले निर्वाचन विथोल्ने गतिविधि गर्ने विप्लव नेतृत्वको पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको समेत पहिचान गरिरहेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ।