सकियो दुुई देशका कलाकृति प्रदर्शनी
काठमाडौं : नेपाल आर्ट काउन्सिलमा ‘लाइन्स अफ रियलाइजेसन’ शीर्षकमा कला प्रदर्शनी शनिवार सम्पन्न भएको छ ।
सिर्जनात्मक महिला समूह नेपालको आयोजनामा आर्ट केरेला मुुजरिससँगको सहकार्यमा उक्त प्रदर्शनी भएको हो । प्रदर्शनीमा नेपाली र भारतीय कलाकारका ३९ वटा चित्र राखिएका थिए । प्रदर्शनीमा सहभागी हुुन भारतका १८ जना कलाकार नेपाल आएका थिए । नेपालबाट सिर्जनात्मक महिला समूह नेपालका अध्यक्ष अरुणा हिङमाङसहितका कलाकृति प्रदर्शनीमा समावेश गरिएको थियो ।
करिब ६ महिनादेखि आर्ट केरेलासँग सहकार्य गरेर प्रदर्शनी सम्भव भएको समूहकी अध्यक्ष हिङमाङले बताउनुभयो । प्रत्येक वर्ष आर्ट वर्कसप र प्रदर्शनी गरिरहेको संस्थाले नेपालका लोप हुुन लागेका मौलिक संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रलाई चिनाउन योगदान पुु¥याउँदै आएको उहाँको दाबी छ ।
समूहले पहिलोपल्ट अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनी आयोजना गरेको जानकारी दिँदै कला र संस्कृतिमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ । यसैक्रममा संस्थाले यसपटक भारतका कलाकार तथा आर्ट को–अर्डिनेटर भीएन मनोज र युुवा सार्क एम्बेस्डर भई युुवा सशक्तीकरणमा योगदान पुु¥याएका मनीष शंकर राव गवाईलाई सम्मान गरेको छ । उक्त प्रदर्शनीको वैशाख १९ गते श्रीलंकाका राजदूत डब्लूएस पेरेराले उद्घाटन गर्नुभएको थियो ।