ठमेल क्षेत्रबाट गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

ठमेल क्षेत्रबाट गुण्डा नाइके दीपक मनाङ्गे पक्राउ

काठमाडौं : चर्चित गुण्डा नाइके दीपक मनाङले आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मनाङ जिल्लाका अध्यक्ष समेत रहेका मनाङ्गेलाई चुनावको सुरक्षालाई केन्द्रित गरेर पक्राउ गरिएको एसएसपी जोशीको भनाइ छ ।

मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.