कागको गुँड झिक्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु

कागको गुँड झिक्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु

बागलुङ  : बागलुङ बजारको नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर सोमबार बिहान दुई जनाको मृत्यु भएको छ । नेपाल टेलिकम दुरसञ्चार कार्यालयको निर्मार्णाधीन भवनमा केही दिन यता काम गर्दै आएका अन्दाजी १५ बर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुने दुवै पश्चिम निसीको रहेको बताइएको छ । यद्यपी अझै प्रष्ट ठेगाना खुलिसकेको छैन । निर्माणाधीन भवन नजिकै रहेको रुखमा रहेको कागको गुँड रड प्रयोग गरेर खसाल्न खोज्ने क्रममा प्रयोग गरिएको रड हाइटेन्सनमा ठोकिदाँ करेन्ट लागेको हो ।

करेण्ट लागेर ज्यान गएका दुवैलाई पोष्टमार्टमका लागि धौलागिरि अञ्चल अस्पतालमा लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.