गाउँपालिकाको गाडीमा आगजनी
दमौली : घिरिङ गाउँपालिकाको सवारी साधनमा नचिनेको समूहले आगो लगाइदिएको छ । मानपुरस्थित गाउँपालिकाका कार्यकारी निवासनजिकै पार्किङ गरेर राखिएको बा १५ च ६६०४ नम्बरको स्कोर्पियो जीपमा विहान करिब तीन बजेतिर आगलागी भएको बताइएको छ ।
स्थानीयले तत्काल थाहा पाएका कारण आगो निभाएका थिए । आगो लगाउने समूहको पहिचान हुन सकेको छैन । प्रहरी उपरीक्षक उमेशराज जोशीले आगलागीलगत्तै प्रहरी घटनास्थल पुगे पनि कसैलाई पक्राउ गरि नसकिएको बताए ।
गाउँपालिकामा चुनावी तयारीका लागि आवश्यक कामहरु भैरहँदा आगलागी भएको हो । आगलागीबाट पछाडिको टायर जले पनि समयमै निभाइएका कारण थप क्षति भने नभएको जोशीले बताउनुभयो । प्रहरीले आगो लगाउने समूहको खोजी भैरहेको जनाएको छ ।