नेपालगन्जको मुख्य सडक नै कमसल

नेपालगन्जको मुख्य सडक नै कमसल

नेपालगन्ज : नेपालगन्जको मुख्य सहरलाई बीचबाट चिरेर बनाइएको राँझा-जमुनाह सडक ठेकेदार कम्पनीबाट सरकारले अझै बुझ्न मानेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा बनेको यो ‘अन्तर्राष्ट्रिय' मापदण्डको सडक कमसल बनाएको भन्दै सरकारले बुझ्न नमानेको हो । यो सडकको निर्माण ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालिले लिएको थियो ।

भारतीय कन्सल्टेन्टको सहयोगमा उसले ठेक्का सम्झौता गरेको सडक निर्माण कार्य उसले वर्षौ ढिला गर्‍यो । पटक-पटक म्याद थपेर कात्तिकसम्म अन्तिम म्याद दिइएको थियो । तर पनि यो निर्माण कम्पनीले काम पूरा गर्न सकेन । अहिलेसम्म २३औं बिल पास गरिसकेको यो निर्माण कम्पनीले अब अन्तिम भुक्तानी बुझ्न बाँकी छ ।

तर, सरकारले भने बाँकी काम पूरा नगरेसम्म भुक्तानी रोक्का गरेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार अब उसले १० करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने छ । तर, भनेजस्तो काम नगरेका कारण भुक्तानी रोकिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले जानकारी दिनुभयो । ‘हामीले पहिला बाँकी काम सक अनि भुक्तानी दिन्छौँ भनेका छौं तर ठेकेदार कम्पनीले पहिला पैसा दिए मात्रै काम गर्ने नत्र अदालत जाने धम्की दिइरहेको छ', उहाँले भन्नुभयो, ‘एक त गर्नुपर्ने काम सबै भइसकेको छैन, त्यसमा पनि सडक निकै कमसल छ, उसले भनेअनुसार काम नगरेसम्म हामी भुक्तानी दिँदैनौँ ।' अन्तिम समयमा आएर अब एसियाली विकास बैंकले सबै जिम्मेवारी सडक डिभिजनलाई दिएको छ ।

भारतीय नाका जमुनाहदेखि कोहलपुरसम्म सुरुमा सरकारले ६ लेनको सडक विस्तार गर्ने योजना बनाएको थियो । तर स्थानीयको विरोधका कारण सडक ४ लेनमा मात्रै विस्तार भयो । करिब २० किलोमिटर सडक निर्माण दुई खण्डमा भएको थियो । पहिलो खण्ड राँझादेखि कोहलपुरसम्म कालिका कन्स्ट्रक्सन प्रालिले लिएको थियो । ठेक्का सम्झौताको समयअघि नै उसले निर्माण सम्पन्न गरिसकेको छ । तर पप्पु निर्माण कम्पनीले भने पटक-पटक म्याद थप गर्दा पनि राँझादेखि जमुनाहसम्मको साढे दस किलोमिटर सडक समयमै बनाउन सकेन । राँझादेखि कोहलपुरसम्मको सडकको तुलनामा त्योदेखि जमुनाहसम्मको सडक धेरै कमसल छ ।

सबै काम पूरा गर्ने ठेकेदारकै जिम्मेवारी हो । पटक-पटक आग्रह गर्दासमेत उहाँहरू सम्पर्कमा आउनुभएको छैन । अझै अदालत जान्छौं भन्ने धम्की आउँछ । भनेअनुसार काम नभएर हामीले भुक्तानी रोकेका हौँ, काम नभएसम्म भुक्तानी हुँदैन ।
अर्जुनकुमार बम
प्रमुख, सडक डिभिजन कार्यालय नेपालगन्ज

सामान्य गाडी, मोटरसाइकल चलाउँदासमेत पप्पु निर्माण कम्पनीले बनाएको यो बाटो धेरै उप्पडखावड छ । ठाउँठाउँमा खाल्डाखुल्डी बनिसकेका छन् । धेरै खाल्डाखुल्डीमा अहिले सडक डिभिजन कार्यालयले रोडा हालेर काम चलाउँदै आएको छ । ‘तर यो सब कम्प्लिट बनाउने ठेकेदारकै काम हो', कार्यालय प्रमुख बमले भन्नुभयो, ‘पटक-पटक आग्रह गर्दासमेत उहाँहरू सम्पर्कमा आउनुभएको छैन, अझै अदालत जान्छौं भन्ने धम्की आउँछ । भनेअनुसार काम नभएर हामीले भुक्तानी रोकेका हौँ, काम नभएसम्म भुक्तानी हुँदैन ।'

कार्यालय प्रमुख बमका अनुसार यो कम्पनीले अझै ४० मिटरजति नालाको निर्माण पूरा गर्नुपर्ने छ । त्यस्तै, सडक रेलिङ, फर्म प्लास्टिक पेन्टलगायत निर्माण गर्न बाँकी छ । सडकको गुणस्तर पनि भनेअनुसार नभएको भन्दै सडक कार्यालयले सडक बुझ्न मानेको छैन । कार्यालयका अनुसार निर्माण कम्पनीले मर्मत सुधारको पिरियडसमेत गुजारिसकेको छ । यो सडकखण्डविरुद्ध अहिले पनि धेरै मुद्दा परिसकेका छन् । निर्माण कमसल भएको भन्दै यो निर्माण कम्पनीविरुद्ध अख्तियारमा समेत मुद्दा परिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.