भारतीय बालबालिकाको प्रयोग गरेर सुपारी तस्करी

भारतीय बालबालिकाको प्रयोग गरेर सुपारी तस्करी

विराटनगर :  लगभग अढाई वर्षदेखि निकासी ठप्प रहेको अवस्थामा सीमावर्ती नाकाबाट भारतीय बालबालिकाको प्रयोग गरेर दैनिक रुपमा भारततर्फ सुपारी तस्करी हुने गरेको पाइएको छ । प्रहरीले शरीरमा सुपारी ‘फिट‍' गरेर लैजाँदै गरेको अवस्थामा भारत जोगवनीका दुई बालकलाई नेपाल-भारत सीमावर्ती क्षेत्र विराटनगरको हुलासमेटलबाट नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा बालबालिकाको प्रयोग हुने क्रम बढेको पत्ता लागेको हो ।

‘बालबालिकामाथि प्रहरीले त्यति निगरानी गर्दैन,‍' एक प्रहरीले भने, ‘त्यही भएर शरीरमा सुपारी ‘फिट‍' गरेर भारत कटाउन बालबालिकाको प्रयोग हुने गरेको हो ।‍' प्रहरीले अनुसन्धानका क्रममा रहेको भन्दै पक्राउ परेका बालकहरुको नाम भने खुलाएन । उनीहरुको गतिविधी शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा सुपारी फिट गरिएको फेला परेको प्रहरीले जनाएको छ । उनीहरुका शरीरबाट १० किलोग्राम सुपारी बरामद भएको थियो । सुपारी तस्करीमा संलग्नले कडाईका कारण सुपारी कटाउन सजिलो माध्यम बालबालिकाको प्रयोगलाई बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रक्रिया पूरा गरेर निकासी हुन नसकिरहेका बेला विभिन्न माध्यमको प्रयोग गरेर दैनिक रुपमा पाँच हजार किलोग्राम सम्म सुपारी अवैध रुपमा भारत कटाउने गरिएको जानकारी आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । विराटनगरको इश्लामपुर, मटेरुवा, दरैया, हुलास मेटल समेतका नाकाको प्रयोग गर्दै सुपारी तस्करी हुने क्रम बढेको पत्ता लागेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्नले साईकल, ठेला, रिक्सा, महिला तथा बालबालिका समेतको प्रयोग गरेर सुपारी भारत लग्ने गरेका छन् ।

‘प्रक्रिया पूरा गरेर लैजाँदा भन्सार बुझाउनु पर्ने हुन्छ । त्यही भएर नियमसंगत रुपमा सुपारी भारत लैजानेहरु भन्सारमा नआएको दुई वर्ष भयो,‍' विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भन्नु भयो, ‘सुपारी आयात पनि विगत भन्दा कम परिणाममा भइरहेको छ । तर तस्करी भने भइरहेको छ भन्ने जानकारी आएको छ ।‍'

प्रहरीसंग ‘सेटिङ‍' मिलाएर तस्करी हुन थालेसंगै सीमावर्ती क्षेत्रमा सुपारी तस्करहरुको चलखेल र उपस्थिती बढेको स्रोतले बतायो । भन्सारका एक अधिकारीका अनुसार सुपारी निकासी रोक्नका लागि पहल गरे जस्तो देखिए पनि ठूलो परिणाममा निकासी गर्न दिन प्रहरीले ‘सेटिङ‍' मिलाएको छ । ‘केही समय अघि सम्म प्रहरीको सक्रियतामा सुपारी तस्करी ठप्पै पारिएको थियो,‍' सीमा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक फिरोज चौधरीले भन्नु भयो, ‘पछिल्लो समय विभिन्न माध्यमको प्रयोग गरेर सुपारी भारत टपाउने गरिएको पाइयो ।‍'

 

नेपालमा उत्पादित सुपारी भारत तर्फ निकासीका लागि अनुमति दिने गरिएपनि तेस्रो मुलुकबाट आयात गरेर हुने गरेको निकासीमा भने कडाई गरिएको भन्सार प्रमुख बस्नेतले बताउनु भयो । विराटनगरमा प्रति किलोग्राम दुई सय ७० रुपैयाँ पर्ने सुपारी भारतको कानपुर पुर्‍याउँदा भारतीय तीन सय रुपैयाँ भन्दा बढी हुने गरेको छ । विशेष गरेर तेस्रो मुलुकबाट ल्याइएको सुपारी नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो ।

प्रनानी चौधरीले सीमावर्ती क्षेत्रबाट सुपारी तस्करी हुने गरेको पाइएपछि कडाई थालिएको बताउनु भयो । ‘सुपारी तस्करीको सूचना केही समयदेखि आइरहेको थियो,‍' उहाँले भन्नु भयो, ‘नियन्त्रणका लागि सबै सुरक्षा निकायबीच समन्वय गरेर कडाई थालिएको छ ।‍'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.