चुनावी माहोलले जुत्ताको व्यापार अकासियो

चुनावी माहोलले जुत्ताको व्यापार अकासियो

काठमाडौं : नजिकिँदै गरेको स्थानीय चुनावको प्रभाव जुत्ता व्यापारमासमेत परेको छ । मानिसको चुनावी चहलपहलले जुत्ता तथा चप्पलको व्यापार अकासिएको हो । त्यसमा पनि मुख्यतया भृकुटीमण्डपमा जारी जुत्ता तथा चप्पल मेलामा यसको प्रभाव परेको व्यवसायी बताउँछन् ।भृकुटीमण्डपमा गत ११ गतेदेखि जुत्ता तथा चप्पलको समर सेल चलिरहेको छ । विभिन्न नौं ब्रान्डका जुत्ता तथा चप्पल राखिएको मेलामा हरेक दिन सात हजार जोरका दरले जुत्ता बिक्री भइरहेको छ।

यो बिक्री साधारण अवस्थाभन्दा निकै उच्च रहेको मेलाका संयोजक तथा रन सुज प्रालिका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ३१ गते हुने भनिएको स्थानीय चुनावले जुत्ता व्यापारमा ठूलो फड्को मारेको छ । साधारण अवस्थामा मेलाको आयोजना गर्दा ग्राहकको चाँप देखिँदैनथ्यो । उहाँले यो मेला चुनावलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । गत वर्ष दुई पटक आयोजना गरेका मेला यस पटक चुनावलाई लक्षित गरेर विशेष मेला सञ्चालनमा ल्याएको न्यौपानेले बताउनुभयो । चुनावका लागि राजधानीबाहिर जाने मानिसले मेलाको सदुपयोग गरेको उहाँको भनाइ छ ।

 

समर मेलामा विशेष गरी गर्मीयामको लागि आवश्यक जुत्ता तथा चप्पलको बिक्री बढी भएको छ । त्यसमा पनि एक हजारदेखि १५ सयसम्मका जुत्ता तथा चप्पल बढी बिक्री भएका छन् । मेलामा एक सय रुपैयाँदेखिका चप्पल र चार सयदेखि ५५ सयसम्मका जुत्ताचप्पल छन् । न्यौपानका अनुसार मेलामा ग्राहकको चाहना अनुसारका जुत्ताचप्पल राखिएका छन् । मेलामा स्कुल सुजदेखि स्पोट्र्स, क्याजुयल, अफिसका लागि हुने जुत्ताचप्पल राखिएको छ । मेलामा सहभागी कम्पनीले आफ्नो ग्राहकको लागि भन्दै नयाँ र आकर्षण मोडेलका जुत्ता तथा चप्पल राखिएको बताए । यसका साथै मेलामा ग्राहकलाई लक्षित गरी जुत्ता तथा चप्पलमा ७० प्रतिशतसम्मको छुट प्रदान गरिएको न्यौपाने बताउनुहुन्छ ।

उहाँका अनुसार यसरी मेला आयोजना गर्दा ग्राहकले आफ्नो रोजाइमा विभिन्न ब्रान्डका जुत्ता तथा चप्पल एकै स्थानमा खरिद गर्न सक्छन् भने जुत्ता तथा चप्पल खरिदमा विभिन्न अफरको सुविधा पनि पाउँछन् । यसबाट ग्राहक ठगिने अवस्था हुँदैन । यसले व्यापारीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । न्यौपानेका अनुसार रन सुजले पनि मेलामा आफ्नो उत्पादन राखेको छ । उहाँले रन सुजले सबै वर्गलाई समेटेर जुत्ता तथा चप्पल ल्याएको बताउनुभयो । उहाँका अनुसार रन सुजले सबै भेराइटी ल्याएकै भरमा बजारमा उत्कृष्ट ब्रान्डको रूपमा स्थिापित हुँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.