स्थानीय चुनावमा महिलाको उम्मेदवारी ३९ प्रतिशत

 स्थानीय चुनावमा महिलाको उम्मेदवारी ३९ प्रतिशत

काठमाडौँ: स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन्।

अध्यक्ष/प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको सङ्ख्या १५७ अर्थात् ८.३५ प्रतिशत रहेको छ। उपाध्यक्ष÷उपप्रमुख एक हजार तीन सय ८४ उम्मेदवार रहेकामा एक हजार एक सय २७ आर्थात् ८१.४३ महिला छन्।

आयोगका अनुसार, वडाध्यक्षमा ९५.८३ अर्थात् १० हजार २९६ पुरुष र ४४८ अर्थात् ४.१७ महिलाको उम्मेदवारी परेको छ। वडा सदस्य दुई पदमा १७ हजार ७२९ अर्थात् ९४.७१ पुरुष र ५.२९ अर्थात् ९९१ महिला उम्मेदवार रहेका छन्। महिला सदस्यमा नौ हजार ८३ जना र दलित महिला सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी परेको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी व्यवस्था रहेको छ। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.