प्रधानन्यायाधीश कार्कीले मुद्दा नहेर्ने, रुस पनि नजाने

प्रधानन्यायाधीश कार्कीले मुद्दा नहेर्ने, रुस पनि नजाने

काठमाडौं: महाभियोग रोक्ने गरी भएको अन्तरिम आदेशपछि सर्वोच्च अदालत फर्कनुभएकी प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश हुने दिनसम्म मुद्दामा सुनुवाइ नगर्ने निर्णय लिनुभएको छ।

कार्कीले सर्वोच्च फर्केपछि आइतबार र सोमबार कुनै मुद्दा हेर्नुभएन। उहाँले प्रशासनिक कामकारबाही भने गर्नुभएको छ। मुद्दा सुनुवाइका लागि उहाँले न्यायाधीशलाई बेन्च पनि तोक्नुभएको छ।

'आइतबार र सोमबार उहाँबाट बेन्च तोक्ने काम भयो। मुद्दा भने हेर्नुभएन', सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले अन्नपूर्णसँग भन्नुभयो। प्रधानन्यायाधीश कार्कीनिकट स्रोतका अनुसार अवकाश हुने दिन जेठ २४ सम्म उहाँले कुनै मुद्दाको सुनुवाइ नगर्ने मनस्थिति बनाउनुभएको छ।

 

यता विकसित नयाँ परिस्थितिका कारण जेठ १ गतेका लागि तय भएको रसियन फेडरेसनको भ्रमणसमेत कार्कीले रद्द गर्नुभएको छ। यसअघि रसियाका प्रधानन्यायाधीशको निमन्त्रणामा कार्की साताव्यापी भ्रमणमा जाने तय भएको थियो। ‘उहाँले आफ्नो साटो अरू कसैलाई पठाउने कुरा भएको छ', स्रोतले भन्यो।

यसैबीच पत्रकार कनकमणि दीक्षितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाइका लागि न्यायाधीश चोलेन्द्रशमशेर राणा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलास तोकिए पनि पालो भने आएन। अख्तियारले सम्पत्ति छानबिनका लागि पुर्जी काट्दै हिरासतमा लिएपछि दीक्षितले सर्वोच्चमा रिट दिनुभएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.