भारतसँग जोडिएका सीमा ७२ घन्टा बन्द हुने

भारतसँग जोडिएका सीमा ७२ घन्टा बन्द हुने

काठमाडौं: पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घन्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको हो ।पहिलो चरणमा तराईका चितवन र नवलपरासीका केही भागमा निर्वाचन हुँदैछ । 

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सुरक्षा व्यवस्थापनमा ध्यान दिँदै ती क्षेत्रमा सीमा बन्द गर्न लागिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा तराईका अधिकांश भागमा निर्वाचन नहुने भएकाले निर्वाचन हुने क्षेत्रका सीमा मात्र बन्द गर्न लागिएको हो । अन्य सीमा क्षेत्रमा प्रहरीको गस्ती र चेक प्वाइन्टले काम गर्नेछन्’, पन्थीले भन्नुभयो ।

सुरक्षा जोखिमसँगै मानिसको आवतजावतबाट हुने अवरोध रोक्न निर्वाचनका समयमा सीमा बन्द गर्ने गरिन्छ । यसअघिका निर्वाचनमा प्रायः ४८ घन्टा सीमा बन्द गरिन्थ्यो । मतदान सकिएपछि सीमा खुल्ने मन्त्रालयले जनाएको छ । खुला सीमाका कारण भारतसँग सिमाना जोडिएका क्षेत्रमा सीमा बन्द हुने गरेको छ । तराईका अधिकांश क्षेत्रमा भने जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुनेछ ।

निर्वाचन सुरक्षाका लागि ७५ हजार म्यादी प्रहरी नियुक्त गरिएको छ । प्रहरी, सेना, सशस्त्र प्रहरी (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी निर्वाचन सुरक्षामा खटिनेछन् । स्थानीय तहको निर्वाचन दुई चरणमा हुने भएपछि सुरक्षा निकायलाई सुरक्षा व्यवस्थापन गर्न सजिलो भएको छ । प्रहरी प्रधान कार्यलयले पहिलो चरणको सुरक्षा व्यवस्थापनका लागि पाँच हजार थप प्रहरी परिचालन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.