जागरणका लागि पढाइ मेला

जागरणका लागि पढाइ मेला

डडेल्धुरा: सरकारी तथा सामुदायिक विद्यालयहरूमा अभिभावकहरूको सहभागिता बढाउन जिल्लाभरका विद्यालयमा पढाइ मेला सञ्चालन गरिएको छ । जिल्लाभरका ३० वटा विद्यालयमा पढाइ मेला सम्पन्न भइसकेका छन् भने बाँकी विद्यालयमा पढाइ मेला आगामी जेठ महिनासम्म सम्पन्न गरिसक्नुपर्ने ईजीआर कार्यक्रमका कार्यक्रम अधिकृत धनबहादुर भण्डारीको भनाइ छ ।

 

विद्यालयको पढाइको गुणस्तर वृद्धि गर्न र बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्यका साथ जिल्लाभरका विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो । विशेषगरी बालबालिकाका अभिभावकलाई विद्यालयमा सक्रिय गराउन जिल्लाभरका प्रारम्भिक तहका विद्यालयमा पढाइ मेला सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताउनुभयो ।

पढाइ मेलामा विद्यालयमा अध्ययन गरिरहेका बालबालिका र उनीहरूका अभिभावक, शिक्षाप्रेमी र छिमेकी विद्यालयका शिक्षकहरूलाई आमन्त्रण गरी शिक्षासम्बन्धी गतिविधिका बारेमा जानकारी गराइन्छ । साथै प्रारम्भिक तहका बालबालिकामा शैक्षिक सामग्रीसहितको शिक्षणले परिरहेको प्रभावका बारेमा समेत जानकारी गराइरहेको पढाइ मेला सञ्चालन गरिएका प्राथमिक तहका शिक्षकहरूको भनाइ छ। मेलाको आयोजनापश्चात् अभिभावकले विद्यालयमा नियमित अनुगमन गर्नुका साथै बालबालिकाको पढाइमा समेत रुचि देखाएको समैजी प्रावि हाटका प्रधानाध्यापक तेजबहादुर रावतले जानकारी गराउनुभयो ।

सरकारी विद्यालयलाई हेर्ने दृष्टिकोणमा भिन्नता आइरहेका बेला बालबालिकाका अभिभावकलाई विद्यालयका हरेक गतिविधिलगायत पढाइको गुणस्तर वृद्धि पनि हुने भएकाले जिल्लास्तरका हरेक विद्यालयमा उनीहरूको आकर्षण बढाउन पढाइ मेला आयोजना गरिएको हो । मेलामा विद्यालयमा गरिने र भइरहेको क्रियाकलापका साथै पठन सामग्रीको स्टल र विभिन्न किसिमका पढाइ गतिविधि झल्कने किसिमका सांस्कृतिक प्रदर्शनी र प्रतियोगितासमेत आयोजना गरी जिल्लाका करिब ९३ वटा विद्यालयमा पढाइ मेला सञ्चालन गरिन लागेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले जानकारी गराउनुभयो ।

साथै स्रोतकेन्द्र स्तरीय पढाइ मेला पनि आयोजना गरिन लागेको विद्यालय निरीक्षक ज्ञवालीले जानकारी गराउनुभयो ।उक्त मेला जिल्लाका प्रारम्भिक तहका विद्यालयमध्ये ३० वटा विद्यालयमा विश्व शिक्षा र बहुउद्देश्यीय विकास समाज डडेल्धुराको संयुक्त साझेदारीमा सम्पन्न भइसकेको प्रारम्भिक तह पढाइ सीप विकास कार्यक्रम जिल्ला संयोजक लोकराज पन्तले जानकारी गराउनुभयो । बाँकी विद्यालयमा पनि सकेसम्म वैशाखभित्रै नभए जेठ पहिलो साताभित्र सम्पन्न हुने जानकारी उहाँले गराउनुभयो ।

बढी दलित बस्ती रहेकाले समुदायले विद्यालयलाई त्यस्तो किसिमको सहयोग, विद्यालयलाई हेर्ने दृष्टिकोण र सोचमा नै फरक भए पनि मेलापश्चात् आकर्षण बढेको कैलपाल प्राविका प्रधानाध्यापक मदन चटौतले बताउनुभयो ।  त्यो समुदायका मानिसहरूको सोचमा मात्रै परिवर्तन नआई जिल्लाभर रहेका हरेक समुदायका बालबालिकाका अभिभावकमा पढाइ मेलापश्चात् सरकारी तथा सामुदायिक विद्यालयप्रतिको धारणामा परिवर्तन आउने र बालबालिकाको पढाइको गुणस्तरमा सुधार आउनेसमेत विद्यालय निरीक्षकहरूको भनाइ छ ।

जिल्लाभर रहेका प्राथमिक तहका विद्यालयमा पढाइ मेला सञ्चालन हुँदै गइरहेको छ । यो वर्षदेखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम पनि जिल्लाका आठवटै स्रोत केन्द्रमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.