विद्युत् चोर्नेसँग दुई अर्ब रुपैयाँ असुल

विद्युत् चोर्नेसँग दुई अर्ब रुपैयाँ असुल

भैरहवा: नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत् चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ । रूपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत् चोरी भइरहेको छ ।

चोरी गर्ने त्यसक्षेत्रका ग्राहकलाई थुनामा राखी कारबाही गरिएको केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । यसक्षेत्रमा गतवर्षभन्दा चारगुना बढी अर्थात् एक हजार पाँच सय ३७ जना ग्राहक विभिन्न कारबाहीमा परेका छन् ।

लाइनमा हुकिङ गरी सिधैं चोरी गर्ने तीन सय ३१ जनालाई पक्राउ गरी प्रहरी चौकीमा थुनेर दण्डजरिबाना गरिएको उपप्रबन्धक ठाकुरले जानकारी दिनुभयो । हुकिङ बाहेक मिटर बक्सबाट चोरी गर्ने अन्य ५७ जना ग्राहक पनि कारबाहीमा परेका छन् । गतवर्ष चार सयजना मात्रै कारबाहीमा परेका थिए।

उद्योग व्यवसाय सञ्चालन गर्नेभन्दा घरयसी बत्ती बाल्ने सर्वसाधारण बढी कारबाहीमा परेका छन् । बर्सेनि जनघनत्व बढे पनि सहज रूपमा विद्युत् आपूर्ति नहुँदा चोरीका घटना वृद्धि भएका हुन् । यसक्षेत्रमा अझै एक हजार दुई सय ४३ ग्राहक कालो सूचीमा परेका छन् । उनीहरूको लाइन कटौती गर्ने र आवश्यक कारबाहीसहित दुई करोड ५२ लाखभन्दा बढी रकम असुली गर्न बाँकी रहेको प्राधिकरणका कर्मचारीले बताए । प्राधिकरणले मिटर बक्सको अभाव देखाउने र सहज रूपमा विद्युत् लाइन जडान नगरिदिँदा बत्ती बाल्न बाध्य भएर चोरी गर्नुपरेको एक उपभोक्ताले गुनासो गरे ।

यसैबीच केन्द्रले समयमै विद्युत महशुल नबुझाउने एक हजार १६ जनाको लाइन कटौती गरेको छ । यसैगरी केन्द्रले विभिन्न कारणले काटिएका आठ सय ७५ लाइन केन्द्रले विद्युत् आपूर्तिबाट दिनहुँ ७६ लाख ८७ हजार रकम संकलन गर्दछ । अर्कोतर्फ केन्द्रले सडक बत्तीबापत १८ करोड ४१ लाखबढी रकम असुल गर्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले चैत मसान्तसम्म नौमहिनामा दुई अर्ब ७६ करोड ५० लाख तीन हजार ६ सय ८८ रुपैयाँ रकम संकलन गरेको छ । गतवर्ष केन्द्रले एक अर्ब ७७ करोड ६१ लाख रुपैया संकलन गरेको थियो । सरकारले उज्यालो नेपाल अभियानको नारा दिए पनि यसक्षेत्रका सबै घरले बत्ती बाल्न पाएका छैनन् । करिब १० लाख जनसंख्या रहेको रूपन्देहीमा सात लाख नागरिक मात्रै विद्युत् सेवाको पहुँचमा छन । केन्द्रमा विद्युत् मिटर बक्स अभाव छ ।

यसैगरी विद्युतीकरण अन्तर्गत पोल गाडिए पनि लाइन विस्तार नहुँदा र अर्कोतर्फ सुकुम्वासी एवं गाउँ वल्कमा वसोवास गर्ने धेरैजसोको जग्गाधनी पुर्जा नहुँदा विद्युत् मिटर पाउनबाट पनि वञ्चित भएका छन् । अझै पनि यहाँ सजिलै मिटर बक्स पाइएको छैन । मिटर बक्स लिन छ महिना कुर्नुपर्ने अवस्था छ । भैरहवामा निवेदन दिएका १२ हजार ग्राहक लाइनमा छन् । यसवर्ष दर्ता ६ हजारलाई मिटर बक्स बाँडिने र अन्य ६ हजारले अर्कोसाल पाउने उपप्रबन्धक ठाकुरले बताउनुभयो ।

भैरहवा वितरण केन्द्रले रूपन्देहीको सिद्धार्थनगर, लुम्बिनी, तिलोतमा नगरपालिका र ६ वटा गाउँपालिका क्षेत्रभित्र विद्युत् आपूर्ति गरेकोे छ । यसबाट भैरहवा क्षेत्रका ४२ हजार २९, नयाँ मिलमा १८ हजार पाँच सय ९४, अमुवामा करिब १७ हजार र लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा १६ हजार चार सय २४ ग्राहकसहित यसक्षेत्रका औद्योगिक, घरवस्ती एवं पसल बजारका ९४ हजार ग्राहकले मात्रै विद्युत् प्रयोग गर्न पाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.