उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु
कटारीः उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
वर्षासँगै मंगलबार विहान परेको चट्याङ लगोर कटारी नगरपालिका–११ हर्देनीका ४७ वर्षीय भेषराज खत्री र ५५ वर्षीय वलबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर खत्रीको घरमै र बस्नेतको गहुँबारीमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले जानकारी दिनुभयो।
केसीका अनुसार दुवैजनाको घट्नास्थलमै मृत्यु भएको हो। दुवैको शव पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको छ।