राउटेको कुलपूजा गर्न प्रधानमन्त्रीले दिए पाँच लाख

राउटेको कुलपूजा गर्न प्रधानमन्त्रीले दिए पाँच लाख

काठमाडौं : दैलेखको आगलागीमा परी उपचार गराइरहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको हो । १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।

अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए । आगोले उनको पाखुरा, ढाड र पेट जलेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.