बल्ब खरिदमा व्यक्तिगत स्वार्थ छैन : कुलमान
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको भन्दै चरित्र हत्या गर्ने प्रयास भएको तर त्यसमा आफ्नो कुनै स्वार्थ नभएको प्रष्ट पार्नु भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै घिसिङले सार्वजनिक खरिद कानुमा भएको व्यवस्था अनुसार लिड बल्ब खरिद प्रक्रिया अगाडि बढाएको प्रष्ट पार्नु भएको छ ।
‘सार्वजनिक खरिद कानुमै भएको व्यवस्था अनुसार लिड बल्ब खरिदको प्रक्रिया अगाडि बढाइएको हो,’ पत्रकार सम्मेलनमा लिखित मन्तव्य दिँदै घिसिङले भन्नुभयो, ‘यसमा लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने पवित्र उद्देश्यबाहेक अरु कुनै व्यक्तिगत स्वार्थ छैन।’