'सांसदले कुटेपछि पनि न्याय माग्न जाँदा उल्‍टै सिडिओको कारबाहीमा परे'

 'सांसदले कुटेपछि पनि न्याय माग्न जाँदा उल्‍टै सिडिओको कारबाहीमा परे'

वीरगन्ज: वीरगन्जमा रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई कुटपिट गर्ने पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र उनका कार्यकर्ताहरुलाइ प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कार्वाहीका लागि मन्त्रालयमा चिठी लेखेको गुनासो गर्नुभएको छ।

मङगलबार पत्रकार सम्मेलन गरेर कार्यालय प्रमुख गोइतले आफुलाइ सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय माग्न जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नहरुलाइ कार्वाही गर्नुको सट्टा उल्टै आफूलाई कार्वाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको बताउनुभयो।

जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ताबीच हात हालाहाल भएको थियो। जनता आवास कार्यक्रमका लागि करारमा नियुक्त गरिएका १२ जना कर्मचारीहरुको नियुक्ति सम्बन्धि जानकारी माग्न गएका सांसद गुप्ता ,उनका कार्यकर्ता र पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादुर अमात्यका कार्यकर्ताले कार्यालय प्रमुख गोइतलाइ कुटपिट गर्दै लछापछार गरेर नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी घिमिरेको कार्यकक्षमा लगेको कार्यालयका कर्मचारीहरुले बताएका थिए।

कार्यालय प्रमुख गोइत माथि भएको दुव्र्यवहार र हातपातको घटनाको विरोधमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारीहरुले मङगलवार काम बन्द गरेका छन्।कार्यालय प्रमुख माथि भएको हातपातको घटनाको विरोधमा मङगलवार एक दिनका लागि पेन डाउन गरेर काम बन्द गरिएको कार्यालयका इन्जिनियर कार्तिकेश झाले बताउनुभयो।

 

 

कार्यालय प्रमुख गोइतले शुक्रबार सांसद गुप्ता र उनका कार्यकर्ताले घिसार्दै प्रमुख जिल्ला अधिकारीको कर्यकक्षमा पुर्‍याएपनि प्रमुख जिल्ला अधिकारी घिमिरेले उल्टै आफु विरुद्ध कार्वाहीको लागि विभागमा पत्र लेखेर अन्याय गरेको बताउनुभयो।

सांसद गुप्ताले आफना एक जना कार्यकर्तालाइ पनि करारमा नियुक्त गर्न दिएको दबाब आफुले नमानेपछि आफु माथि कुटपिट र दुव्र्यवहार गरिएको कार्यालय प्रमुख गोइतले बताउनुभयो।

एक त मैले कुटाइ पनि खाए ,सारका कर्मचारीहरुको अगाडिबाटै मलाइ लछार पछार गर्दै सिडिओ साबको चेम्बरमा पनि लगियो , उहाले भन्नु भयो , तर सिडओ साबले न्याय दिनुको सट्टा उल्टै मलाइ कार्वाहीको लागि सहरी विकास तथा भवन निर्माण विभागमा पत्र लेखिदिनुभयो, सिडिओ साबको यो कदमले म अत्यन्त दु:खी छु।

आफू माथि भएको अन्याय र कर्मचारीको सुरक्षाका बारेमा ध्यानाकर्षण गराउनका लागि मङगलवार जिल्ल प्रशासन कार्यालयमा जादा प्रमुख जिल्ला अधिकारी घिमिरेले भेट्न अस्वीकार गर्दै फर्काइ दिएको पनि कार्यालय प्रमुख गोइतले बताउनुभयो।

उहाँले आफु मन्त्रालयमा दुइ महिनाको लागि काजमा गएका बेला त्यस बेलाका निमित्त कार्यालय प्रमुख इन्जिनियर श्रीभगवान गुप्ता र सब इन्जिनियर राजेन्द्र साहले मिलेर जनता आवास कार्यक्रमका लागि चार जना कर्मचारी नियुक्त गरेको र मन्त्रालयबाट काज फिर्ता गराएर आफू वीरगन्ज आएपछि आफूले पनि सामुदायिक परिचालक, कार्यालय सहयोगी र कम्प्युटर अपरेटर पदमा आठ जनाको करारमा नियुक्ती गरेको बताउनुभयो।विभागबाट पदपूर्ति नभएपछि प्रक्रिया पुरा गरेर नै आफूले आठ जनाको नियुक्ति गरेको कार्यालय प्रमुख गोइतले बताउनुभयो।

प्रमुख जिल्ल अधिकारी घिमिरेले भने कार्यालय प्रमुख गोइतले आफु माथि हातपात भएको बारेमा लिखित निवेदन नदिएको बताउनुभयो।उहाँले यसअघि पनि पहिले पनि कार्यालय प्रमुख गोइतले सेवाग्रीहरुसँग अनावश्यक विवाद गर्दै झगडा गर्ने गरेको, कार्यालयको जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह नगरेको र आर्थिक अनियमितता गरेको जस्ता गुनासा आइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले शुक्रबारको घटना पछि आफुले गोइत विरुद्ध कार्वाहीका लागि सहरी विकास तथा भवन निर्माण विभागमा पत्र लेखेको बताउनुभयो।

जे भएको छ मैले त्यही लेखिदिएको हुँ, उहाले भन्नुभयो , 'मैले गोइतलाइ अब विभाग मै गएर आफना कुरा राख्नु होला भनेर भने पछि मङगलवार अचानक कार्यालयको काम नै बन्द गरेर कर्मचारीहरुको हुल लिएर धम्कीपूर्ण शैलीमा आएपछि मैले नभेटेको हुँ।'

पर्सा क्षेत्र नम्बर ३ का सांसद गुप्ताले भने जनता आवास कार्याक्रमका लागि पर्सामा आएको २२ करोड ८० लाखको बजेट कार्यालय प्रमुख गोइतकै कारण फ्रिज हुने सम्भावना बढेर गएको बताउनुभयो।

चालु आर्थिक वर्ष सकिन अब दुइ महिना मात्रै समय बाँकी रहेको भन्दै उहाले अहिले सम्म जनता आवास कार्याक्रमको लागि केहि पनि काम हुन नसकेको बताउनुभयो।

कार्यालय प्रमुख गोइतले कुनै पनि सूचना प्रकाशन नै नगरि कार्यालय प्रमुख गोइतले अनियिमति तरिकाले आफु निकटका १२ जना कर्मचारीहरु नियुक्त गरेको भन्दै सांसद गुप्ताले कर्मचारी नियुक्तीमा भएको अनियमितताका बारेमा सोधी खोजी गर्दा गोइतले शुक्रबार आफुलाइ पनि दुर्व्यवहार गरेको आरोप लगाउनुभयो।

गरिबीको रेखामुनी रहेका डोम, मुसहर , चमार लगायतका समुहका लागि सरकारले पर्सामा चालु आर्थिक वर्ष देखि जनता आवास कार्यक्रम लागु गरेको हो। जस अन्तर्गत पर्सा जिल्लामा एक हजार वटा घर बनाउने कार्यक्रम रहेको छ।

प्रति घरका लागि सरकारले दुइ लाख २८ हजार रुपैया विनियोजन गरेको छ। जनता आवास कार्याक्रमका लागि पर्सामा १६ हजार पाँच सय ७० जनाको निवेदन परेको छ।

आवेदन परेकाहरुको बारेमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जले पर्साको पाच वटै निर्वाचन क्षेत्रमा गरि साविकको १५ वटा गाविसमा स्थलगत सर्वे गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.