कानुन दिवसको कार्यक्रममा प्रधानमन्त्री, सभामुख र महान्यायाधीवक्ता अनुपस्थित
काठमाडौं : कानुन दिवसको अवसरमा मंगलबार सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती मगर र सरकारका महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ अनुपस्थित हुनु भएको छ ।
नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको सम्झनामा कानुन दिवस मनाउने गरिन्छ । २०३१ सालदेखि भने प्रत्येक वर्ष आजकै दिन कानुन दिवस मनाइन्छ । दिवसको अवसरमा सर्वोच्च अदालतले गरेको कार्यक्रममा प्रधानमन्त्री, सभामुख र महान्यायाधीवक्ता अनुपस्थित हुनु भएको हो ।
अघिल्लो आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सरकार र न्यायालयबीच विवाद चुलिएको हो । त्यस लगत्तै शुक्रबार परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्ययायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग प्रस्ताव फिर्ता लिएर प्रधानन्यायाधीशलाई पूर्ववत काममा फर्कन निर्देशन दिएपछि न्यायालय र सरकारको सम्बन्ध चिसिएको हो।
कानुन दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थ्ति हनुहुन्थ्यो ।