अनेरास्ववियुको नेतृत्व चुनावमा सक्रिय
काठमाडौं : अनेरास्ववियुको सम्पूर्ण नेतृत्व पूर्ण जिम्मेवारीका साथ काठमाडौँ महनगरपालिका, ललितपुर महनगरपालिका र भक्तपुरका नगरपालिकाका विभिन्न वडामा चुनावी प्रचारका लागि सक्रिय भएको छ।
वैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनका लागि अनेरास्ववियु केन्द्रीय कमिटिले मंगलबारदेखि निर्वाचन प्रचारका लागि समूह परिचालन गरेको हो।
अनेरास्ववियुको टोलीलाई एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी समिति सदस्य शंकर पोखरेल र पोलिटब्युरो सदस्य सानु श्रेष्ठले विशेष निर्देशन दिनु भएको छ।
११ हजार १ सय ११ जना सम्मिलित निर्वाचन परिचालन कमिटी गठन भएको अनेरास्ववियु प्रवक्ता सुदीप शर्माले जानकारी दिनुभयो।
शर्माले महानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्वंयसेवक परिचालन गरिएको जानकारी दिनुभयो । महानगरका ३२ वटा वडामा प्रत्येक वाडमा ३० जना, नगरपालिकामा ५० जना दरले १५०० जनाको स्वंयसेवक टोली कार्यक्षेत्रमा खटाइएको शर्माले जानकारी दिनुभयो ।
महानगरका महत्वपूर्ण स्थानहरूमा अनेरास्ववियुले स्टल राखेर निर्वाचन प्रचारप्रसार गरिरहेको छ ।