तीन दिनदेखि बेपत्ता यादवको शव जलाएको अवस्थामा भेटियो

तीन दिनदेखि बेपत्ता यादवको शव जलाएको अवस्थामा भेटियो

वीरगन्ज : तीन दिनदेखि घरपरिवारको सम्पर्कबाट बाहिर रहेका एक पुरुषको शव जलाएर फालिएको अवस्थामा मङगलबार फेला परेको छ। गत आइतबार राति घरबाट निस्किएका वीरगन्ज उपमहानगरपालिका वडा नम्बर २७ घुर्मीका ४० वर्षिय रामाधार यादवको शव वीरगन्ज पोखरीया सडक खण्डको तिलावे पुल नजिक जलाएर फालिएको अवस्थामा मङगलबार अपरान्ह भेटिएको हो।

तिलावे पुल नजिकै रहेको कुहडी स्थित बहुदरामाई मन्दिरको छेउमा जलाएर फालिएको अवस्थामा यादवको शव मङगलबार अपरान्ह फेला परेको हो।

खेत तिर निस्किएका स्थानीयले मन्दिर छेउको खोलामा शव जलाएर फालेको अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेको र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको एक टोली शव भेटिएको स्थानमा पुगेर अनुसन्धान गइरहेको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताउनु भयो।

शव भेटिएको स्थानमा पुगेका पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले मन्दिर छेउको खोला नजिक शव पूर्ण रुपमा जलाएर अवस्थामा भेटिएको बताउनु भयो। जलाएको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको उहाले जानकारी दिनु भयो।

गत आइतवार कसैले मोबाइलमा फोन गरेर वीरगन्ज आउन भनेपछि घरबाट निस्किएका यादव त्यही दिनदेखि सम्पर्क बिहिन भएको र मङगलबार उनको शव जलाएर गाडिएको अवस्थामा फेला परेको यादवका आफन्तजनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.