अझै बनेन सगरमाथाको बाटो

अझै बनेन सगरमाथाको बाटो

सगरमाथा आधारशिविर : सगरमाथा आरोहणमा गएका पर्वतारोहीले सगरमाथाको शिखर उक्लन अझै एक साता पर्खनुपर्ने भएको छ । क्याम्प दुईभन्दा माथि बाटो निर्माण (रुट फिक्स) को जिम्मा लिएको एक्सपिडिसन अपरेटर एसोसिएसन संस्थाले अहिलेसम्म बाटो निर्माण गरिनसक्दा एक साता पर्खनुपर्ने भएको हो ।क्याम्प दुईसम्मको बाटो निर्माण जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले दुई साताअघि नै पूरा गरिसकेको छ । तर क्याम्प दुईदेखि क्याम्प चारसम्म बाटो निर्माण भए पनि त्यसभन्दा माथि बाटो बनाइएको छैन ।

बाटो निर्माणको जिम्मा लिएको संस्थाले दक्ष कामदार प्रयोग नगर्नु र चासो नदिएकाले आरोहणमा ढिलाइ भएको पर्वतारोही गाइड छिरिङ पाण्डे भोटेले बताउनुभयो । 'दक्ष कामदार भएका संस्थालाई बाटो बनाउन जिम्मा दिएको भए समयमै बाटो निर्माण भएर अहिलेसम्म आरोहण भइसक्ने थियो', उहाँले भन्नुभयो।

 

दुई दिन निरन्तर भएको हिमपातले आधारशिविर र हिमालको मौसममा खराबी आएको आरोहण दलका सदस्य बताउँछन् । क्याम्प चारभन्दा माथिको बाटो निर्माण गर्न खटिएका अपरेटर एसोसिएसनका कामदार मंगलबार आधारशिविरमा नै फर्किएका छन् । आरोहणका लागि ४५ दिनदेखि आधारशिविरमा बसेका आरोहण दलका सदस्यले भने तत्काल बाटो निर्माण गर्न माग गर्दै आएका छन् । आरोहणको समय मे २९ सम्म मात्र मानिने भएकाले समय कम भएको भन्दै आरोहण दलहरू आक्रोशित बनेका छन् ।

आरोहण दलका सदस्यहरू आधारशिविरदेखि क्याम्प तीनसम्म हाइकिङ गरी आरोहणका लागि तयार रहे पनि ढिलाइ भइरहेको गोरखा एभरेस्ट एक्सपिडिसनका टोली प्रमुख मेजर बुद्धिबहादुर भण्डारीले बताउनुभयो । सबैभन्दा पहिले शिखर पुग्ने लक्ष्य लिए पनि बाटो निर्माण नहुँदा खर्च बढेको र आरोहीको स्वास्थ्यसमेत बिग्रन थालेको उहाँले बताउनुभयो ।

यस वर्ष आरोहण इतिहासकै सबैभन्दा बढी पर्वतारोही सगरमाथा आएकाले आरोहण मार्गमा भीड बढ्ने हुँदा धेरै समय लाग्ने भएको एक्सपिडिसन हिमालय डट कमका गाइड लाक्पा रङ्डु शेर्पाले बताउनुभयो । तत्काल बाटो निर्माण नगरे मौैसमले समेत साथ नदिने र आरोहणका लागि तोकिएको ७५ दिनको अवधि समाप्त भई त्यसै फर्कनुपर्ने उहाँले बताउनुभयो । सगरमाथा आरोहण गर्न ३७ आरोहण दलका तीन सय ६३ जना र ल्होत्से आरोहण गर्न नौ आरोहण दलका एक सय आठजना पर्वतारोही तयार भएर बसेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.