सबै डनलाई हिरासतमा राख्ने तयारी

सबै डनलाई हिरासतमा राख्ने तयारी

काठमाडौं : निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि आइतबार दीपक मनाङेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलाई सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुन्डा नाइकेहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 'निर्वाचनमा डनहरू प्रयोग हुने र शान्तिसुरक्षा खल्बलिने सम्भावनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो', एसएसपी जोशीले भन्नुभयो । पहिलो चरणको स्थानीय निर्वाचन हुन एक साताअघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको हो । 

 

महाशाखा स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । 'हामी सबै डनको खोजी गरिरहेका छौं', स्रोतले भन्यो । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोलीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ । केही गुन्डा भने तारेखमा छुटेका छन् ।

अधिकांश गुन्डामाथि सार्वजनिक मुद्दा चलाइएको छ । पक्राउ परेकामध्ये मनाङे राप्रपा मनाङका जिल्ला अध्यक्ष हुन् । चक्रे मिलन एमाले निकट मानिन्छन् । निर्वाचनका समयमा राजनीतिक दलले गुन्डाहरू प्रयोग गर्ने र उनीहरूलाई खासगरी चन्दा असुलीमा प्रयोग गर्ने गरेका छन् । 'चुपचाप बसेका डन एक्कासि सलबलाउन थालेका छन् । उनीहरूको जमघट बढ्न थालेको छ । गुन्डा भेला पारेर हिँड्न थालेका छन्', काठमाडौं प्रहरी परिसरका एक वरिष्ठ अधिकारीले भने । गणेश लामा, राजु गोर्खाली, बाघे भनिने शुक्रबहादुर लामा, रोज राणालगायत डन प्रहरीको निगरानीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.