एमाले र माअाेवादीबीच झडप :एक जनाको मृत्यु,एक घाइते, अाठ पक्राउ

एमाले र माअाेवादीबीच  झडप :एक जनाको मृत्यु,एक घाइते, अाठ पक्राउ

दाेलखा : नेकपा माअाेवादी केन्द्रकाे कुटपिटबाट गौरीशंकर गाउँपालिका वडा नं २ का नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्वार बनेको गोरे तामाङका ३३ वर्षीय छोरा कुलबहादुर तामाङको मृत्यु भएको छ । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार टाउकोमा गम्भीर चोट तामाङको अस्पताल लैजाँदा गर्दा उनको ज्यान गएको हो ।

माओवादीको आक्रमणबाट नेकपा एमाले गौरिशंकर गाऊँपालिका वडा नं १ पार्टी कमिटीका अध्यक्ष बद्री बुढाथोकीका बाबु५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भिर घाईते हुनुभएको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेको बुढाथोकीको अवस्था गम्भिर रहेकाले राति नै उपचारका लागि काठमाडौ पठाइएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुबु भन्ने स्थानमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच विवाद भएको थियो । घटनास्थ्लमा डिएसपी रबिन कार्कीसहितको प्रहरी टोली बुधबार बिहानै पुगिसकेको छ ।

यसैबीच प्रहरीले घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.