अत्यन्त सुखद

अत्यन्त सुखद

प्रजातन्त्रको आगमनपछि त्यसको उचित प्रबन्धन नहुँदा र प्रजातान्त्रिक व्यवस्थालाई विकाससँग जोड्न नसक्दा कतिपय मुलुकहरूमा त्यसको विकल्पबारेमा पनि सुझाव उठ्ने गरेका छन् । वास्तवमा प्रजातन्त्रमा जवाफदेही पद्धति शिथिल हुँदा र विकास अघि बढाउन नसक्दा त्यस्ता कुतर्कहरू अगाडि आएका हुन् । नेपालमा त सरकारी क्षेत्रमा नाफा कमाइरहेका उद्योगहरूको बिक्रीसँगै सरकारी स्वामित्वमा रहेका निगम र प्राधिकरणहरू धराशायी हुने क्रम पनि प्रजातन्त्रको पुनरागमन (२००६) सँगै बढ्न थाल्यो । ती निगम र बोर्डहरूलाई दलहरूले आफ्नो भर्ती केन्द्र र कमाउ संस्थामा परिणत गरेपछि तिनीहरू धराशायी भएका हुन् । नेपाल वायु सेवा निगम त्यसको एउटा ज्वलन्त उदाहरण हो, तर एक्लो सिकार हैन राजनीतिक भ्रष्टाचारको ।

नेपालमा पञ्चायत व्यवस्थाकै क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही प्रशंसनीय नमुना संस्थाहरू बने, पुल्चोक इन्जिनियरिङ क्याम्पस, टिचिङ हस्पिटललगायत । स्वास्थ्य सेवा स्तरीय र सुलभ होस् भन्ने उद्देश्यले ‘शाही औषधी लिमिटेडको स्थापना पनि त्यही उद्देश्यका साथ भएको थियो । अर्थात् गुणस्तरीय औषधीहरू सर्वसाधारणले सस्तोमा पाऊन् भन्ने उद्देश्यले करिब ४६ वर्षअघि । झन्डै पाँच वर्षको संकट, अस्तव्यस्तता र राजनीतिक खिचातानीपछि अन्त्यमा अनिश्चितकालको लागि बन्द गरेको थियो सरकारले नौ वर्षअघि । जनताको स्वास्थ्यको अधिकारप्रति यो एउटा निर्लज्ज खेलबाड थियो ।

 

तर गत साता जीवनजलको उत्पादनसँगै नेपाल औषधी लिमिटेडले पुनर्जन्म पाएको छ । सरकारले झन्डै १५ करोड ऋण सहयोगका साथै अन्य सहयोग जुटाउने आश्वासनसँगै लिमिटेडलाई पुरानो गौरवको विरासत अगाडि बढाउने आशा बढेको छ । यसमा विशेष चासो लिएर उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्रजातान्त्रिक व्यवस्थाको सफलताको लागि विकास र जनताको स्वास्थ्यजस्तो आधारभूत अधिकारसँग ऊ जोडिनैपर्छ भन्ने सन्देश दिएका छन्।

तर यो यात्रा चुनौतीपूर्ण छ, उक्त संस्थाको लागि अझै पनि । आफ्नो तीन दसकको अस्तित्वमा झन्डै १२० गुणस्तरीय, सस्तो र सुलभ औषधी उत्पादन गर्न सफल उक्त संस्थाले आगामी दिनमा जीवनजलसँगै सिटामोल, एन्टी बायोटिक्स र केही मलम बनाउने प्रतिबद्धता व्यक्त गरे पनि उसले तत्काल कडा प्रतिस्पर्धा र अरू चुनौती स्वीकार गर्नुपर्नेछ । साथै सरकारले पनि उसका उत्पादनहरूलाई प्राथमिकता र संरक्षण दिएर उक्त संस्थालाई सुरक्षाको प्रत्याभूति दिलाउनु आवश्यक छ । यससँगै अर्को चुनौती पनि छ सरकारसमक्ष । त्यति राम्रो संस्था किन धराशायी भन्ने जानकारी सरकारलाई छ । त्यसैले अनावश्यक राजनीतिक हस्तक्षेप र दबाबबाट संस्थालाई मुक्त राख्नुपर्छ आगामी दिनमा ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.