वाटर डाइजेस्ट अवार्डद्वारा केन्ट सुपर्व आरओ सम्मानित
काठमाडौं : केन्ट आरओ सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल वेस्ट घरेलु पानी शुद्धीकरण यन्त्रको रूपमा चुनिएको छ । नेपाल र भारतको प्रसिद्ध पानी शुद्धीकरण ब्रान्डको रूपमा रहेको केन्ट पानी दिवसको अवसरमा 'वाटर डाइजेस्ट अवार्ड २०१६-१७' बाट सम्मानित भएको हो । युनेस्कोले वितरण गर्ने यो एवार्ड भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।युनेस्कोले सन् २००६ देखि वितरण गर्न सुरु गरेको यो अवार्ड पानी शुद्धीकरण र बचाउ गर्न काम गरिरहेका विभिन्न संघसस्था, एनजीओ तथा व्यक्तिलाई दिँदै आएको छ ।
केन्ट सुपर्व डिजिटल स्मार्ट आरओे पानी शुद्धीकरण यन्त्र हो । यो डिजिटल यन्त्र र केन्ट खुला खनिजिय आरओे यन्त्रको समि श्रण भएको कम्पनीले जनाएको छ । यो आरओे प्युरिफायरमा सूष्म नियन्त्रण यन्त्र राखिएको हुन्छ । यसले पानीको शुद्धता केही समयको अन्तरमै डिजिटल स्क्रिनमा देखाउनेछ । यसले पानीमा घुलेर रहेको नुन र शुद्ध पानी कसरी फिल्टर भयो भन्ने अलगअलग रूपमा देखाउने कम्पनीले जनाएको छ । फिल्टरको आयु ६० घन्टाभन्दा कम भयो भने यो यन्त्रले आफैं प्रयोगकर्तालाई सचेत गराउ“छ ।
शुद्धीकरण यन्त्रले आफैं युभी ल्याम्पले काम गरेन, फिल्टर भाँचियो वा पानीको टिडिएस लेभल हुनुपर्ने मात्रामा भएन भने यसमा रहेको सूक्ष्म सिस्टमले आफ्नो स्क्रिनमा देखाउने कम्पनीले जनाएको छ । केन्ट आरओे यान्त्रिक रूपमा पुरिष्कृत र यसको गुणको प्रतिबद्धताको कारण इन्डियामा सबैभन्दा बढी बिक्री हुने आरओ ब्रान्डको रूपमा स्थापित भइसकेको छ ।
अहिले भारतमा मात्र केन्ट आरओको ३५ सय करोडको व्यापार भएको छ । यसको उत्पादन पानी शुद्धीकरणमात्र भई हावा शुद्धीकरण यन्त्र, तरकारी तथा फलफूल शुद्धीकरण यन्त्र, पानी नरम तथा पानीको प्रवाहवद्र्धन प्रणाली पनि रहेको कम्पनीले जनाएको छ । विगतमा पनि यस यन्त्रले थुप्रै अवार्ड जितेको थियो ।
कम्पनीले युनेस्कोको बेस्ट डोमेस्टिक प्युरिफायर अवार्ड २०१३, इन्डियन पावर ब्रान्ड २०१३, इन्डियाज मोस्ट ट्रस्टेड वाटर प्युरिफायर ब्रान्ड २०१३, डिस्टिङ्गुइस्ड आईआईर्ट अलुम्नस अवार्ड २०११, वाटर डाइजेस्ट इन्टरनेसनल अवार्ड २००६-२००८ र वातावरण नवप्रवर्तनका लागि गोल्डन पिक अवार्ड र गोल्डसिल्ड अवार्ड २००७ जस्ता उत्कृष्ट अवार्ड हात पारिसकेको छ । यसको नेपाली बजारको मूल्य ४० हजार रहेको छ ।