एचटीसीका बहुप्रतीक्षित स्मार्टफोनका मोडल बजारमा

एचटीसीका बहुप्रतीक्षित स्मार्टफोनका मोडल बजारमा

काठमाडौं : नेपालका लागि एचटीसी स्मार्टफोनको एकमात्र आधिकारिक वितरक जनरल नेक्स्ट कम्युनिकेसन्स प्रालिले एचटीसी यू प्ले, एचटीसी वान एक्स ९ तथा एचटीसी डिजायर ८२५ बजारमा सार्वजनिक गरेको छ । कम्पनीको अनुसार एचटीसी यू प्लेको नेपाली बजार मूल्य ४९ हजार नौ सय ९९, एचटीसी वान एक्स ९ को नेपाली बजार मूल्य २८ हजार ६ सय तथा एचटीसी डिजाइर ८२५ को मूल्य १८ हजार नौ सय तोकिएको छ ।

एचटीसी यू प्ले कम्पनीले बजारमा ल्याएको एचटीसीको यू सिरिज सन् २०१७ मा सुरु भएको हो । यसमा नयाँ डिजाइर र सुविधालाई समावेश गरिएको छ । यसको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीका अनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिनेछ । ५.२ इन्चको फुलएचडी सुपर एलसीडी डिस्प्ले रहेको यसलाई गोरिल्ला ग्लासद्वारा सुरक्षित गरिएको छ । २.० गिगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरिएको स्मार्टफोनमा ४ जीबीको र्‍याम तथा ६४ जीबीको स्टोरेज क्षमता रहेको छ ।

जसलाई यूएसडी कार्डको प्रयोग गरी २ जीबीसम्म पुर्‍याउन सकिने कम्पनीले जनाएको छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा रहेको छ । यसको दुवै क्यामराले एचडी क्वालिटीको भिडियो रेकर्ड गर्न सकिन्छ । एचटीसी यू प्ले स्मार्टफोना २५०० एमएएचको ब्याट्रीको प्रयोग भएको छ । जसले आठ घन्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरू हेर्न सकिने कम्पनीको दाबी छ । यसले सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिनेछ । फोनमा एचटीसी यू सोनिक, ड्युल नानो सिम स्लट, ब्लुटुथ ४.२, ड्युल ब्यान्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन् । फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाइरोस्कोप, म्याग्नेटिक तथा फिंगर प्रिन्टलगायतका सेन्सर रहेको छ ।

एचटीसी वान एक्स ९

एचटीसी वान एक्स ९ कम्पनीको डिजाएर श्रेणीको उत्कृष्ट स्मार्टफोन हो । वान एक्स ९ मा पूरा मेटल फ्रेम प्रयोग गरिएको यो स्मार्टफोनको अग्रभागमा ग्लास राखिएको छ जो केही घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्लेभन्दा मुनि ब्याक, होम र रिसेन्ट बटन राखिएको छ । यसको स्क्रिनलाई गोरिल्ला ग्लासद्वारा सुरक्षित बनाइएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्युल स्पिकर ग्रिले प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

 

एचटीसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सुपर एलसीडी डिस्प्ले राखिएको छ । जसले घाम लागेको बेलामा पनि सहजरूपमा फोन हेर्न र चलाउन सकिन्छ । यो फोनमा भएको ड्युल एचटीसी बुम साउन्ड स्पिकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुनेछ । मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर प्रयोग भएको एचटीसी वान एक्स ९ मा ३ जीबीको र्‍याम रहेको छ ।

यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टीबीसम्म पुर्‍याउन सकिने कम्पनीले जनाएको छ । फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिङ क्यामरा राखिएको छ । वान एक्स ९ मा ब्लूटुथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटीईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

एचटीसी डिजायर ८२५

यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रिन डिस्प्ले राखिएको छ । १.६ गिगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर रहेको यो स्मार्टफोनमा २ जीबीको र्‍याम रहेको छ । फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर एक सय २८ जीबीसम्म पुर्‍याउन सकिन्छ ।

क्यामराको बारेमा, एचटीसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा सञ्चालन हुने यो स्मार्टफोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री रहेको छ । एचटीसी डिजायर ८२५ मा ड्युल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लुटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ । कम्पनीको एचटीसी युप्ले ब्लु रङमा उपलब्ध हुनेछ भने एचटीसी वान एक्स ९ गोल्ड ग्रे रङमा उपलब्ध हुनेछ । त्यस्तै, एचटीसी डिजाइर ८२५ ग्रे र ह्वाइट रङको अप्सनमा उपलब्ध छ ।

कम्पनीले यी उत्पादनको खरिदमा एक वर्षको वारेन्टीका प्रदान गर्ने जनाएको छ । यसका लागि ग्राहकले आधिकारिक च्यानलहरूबाट मात्र खरिद गर्नु पर्नेछ । गएचटिसी आधिकारिक स्टोरबाट किन्दा जेननेक्स्टको होलोग्राम बक्समा टाँसिएको हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.