बडी च्याम्पियनसिप महर्जनलाई सम्मान

बडी च्याम्पियनसिप महर्जनलाई सम्मान

काठमाडौै :  अखिल नेपाल खेलकूद संघले ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका अवसरमा गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरिएको थियो । महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गर्नुभएको थियो ।

महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउनुभयो । खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने उहाँको भनाई थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.