अब आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्ने प्रधानमन्त्रीको दाबी

अब आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आर्थिक वृद्धिदर साढे सात प्रतिशत पुग्ने दावी गर्नु भएको छ।

आफनो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेको, आर्थिक वृद्धिदर ६.९४ प्रतिशत पुरयाएको, काठमाडौ निजगढ फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको, हुलाकी सकड निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँदै आगामी बर्ष आर्थिक वृद्धिदर ७.५ पुरयाउने दाबी गर्नु भएको हो।

‘अब आर्थिक वृद्धिदर ७.५ पुग्छ,’ उहाँले भन्नुभयो। काठमाडौका साँखु, जोरपाटीलगायतका ठाउँमा भएका चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार रोकिने दाबी समेत गर्नु भएको छ। ‘अब केन्द्रले होइन स्थानीय तहले आफैं विकासका काम गर्छ,’ उहाँले भन्नुभयो’, ‘माथीबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रवृत्ति अब हुँदैन।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न नसक्ने बताउनुभयो। ‘स्थानीय तह गाउँ पञ्चायत गाविसको परिवर्तित रुपमा बनाउनका लागि हाम्रो धेरै पहलपछि दलहरु सहमतिमा आएका छन्,’ उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न सक्ने थिएन।’

चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने बताउनुभएको छ। चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने बताउनुभयो। ‘देशमा ठूला राजनीतिक परिवर्तन भएपनि जनताको जीवनमा परिवर्तन नहुँदा जनतामा निराशा बढेकोले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ,’ उहाँले भन्नुभयो, वैशाख ३१ मा नेपाली जनताको जीत हुने छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.