चीनमा भूकम्प, आठ जनाको मृत्यु, २३ जना घाइते
सिन्जिआङ: चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन्।
स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ। भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय जना स्वयमसेवकहरु उद्धारका लागि क्रियाशिल रहेका छन्।
भूकम्पपिडितहरुका लागि सहयोग सामग्रीहरु घटनास्थलमा पुर्याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ।
भूकम्प प्रभावित क्षेत्रका घरहरुको पर्खाल चर्किएको देखिएको छ। भूकम्पको केन्द्रविन्दु भएको ठाँउमा क्षतविक्षत भएर भत्कीएका घरहरु हटाउने कार्य भएको छ। रासस/सिन्ह्वा