अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट व्याडमिन्टनको पूर्वाञ्चल छनोट सकियो

अन्नपूर्ण अन्तर्राष्ट्रिय कर्पोरेट व्याडमिन्टनको पूर्वाञ्चल छनोट सकियो

इटहरी: अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा तीन दिनसम्म चलेकोे अन्नपूर्ण इन्टरनेशनल कर्पोरेट ब्यान्डमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोट खेल सकिएका छन्। सुनसरीको इटहरीस्थित इटहरी ब्याडमिन्टन क्लबको कबर्ड हलमा बिहीबार भएको भव्य समापन समारोहमा तीनवटै विधामा पूर्वाञ्चल क्षेत्रबाट खेलाडी छनोट गर्दै प्रतियोगिता सम्पन्न भएको हो। महिला सिंगल, पुरुष सिंगल र पुरुष डबल्स् गरी तीन विधाबाट ८ जना खेलाडी विजेता तथा उपविजेता बनेका छन्।

 

समापन कार्यक्रममा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले पूर्वाञ्चलस्तरीय छनोट खेलबाट कडा प्रतिस्पर्धाबीच छानिएका खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता जित्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्नपूर्ण मिडिया नेटवर्कले खेल प्रतियोगिता आयोजना गरेर देखाएको उदाहरणीय कामलाई अन्य मिडियाले समेत अनुकरण गर्नुपर्ने बताउनुभयो। उहाँले पुरुष डबल्सतर्फ पहिलो स्थान हासिल गर्ने सूर्य श्रेष्ठ, थमन गुरुङको जोडी र दोस्रो स्थान हासिल गर्ने प्रकाश राई, विसन राईको जोडीलाई नगदसहित प्रमाणपत्र पुरस्कार प्रदान गर्नुभएको थियो।

पूर्व क्षेत्र सशस्त्र प्रहरी बल प्रमुख डिआइजी जानकीराज भट्टराईले क्षेत्रीय स्तरमा छनोट खेल सञ्चालन गरेर देशभरका उत्कृष्ट स्वदेशी खेलाडीहरुलाई विदेशी खेलाडीसँग खेल खेल्ने अवसर जुटाइदिएको भन्दै अन्नपूर्ण मिडिया नेटवर्कको प्रशंसा गर्नुभयो। उहाँले अन्नपूर्ण मिडिया नेटवर्कलाई खेलका अलावा अन्य क्षेत्रलाई समेत समेटेर सामाजिक जागरण र चेतनामुलक काम गर्न सल्लाह दिनुभयो।

उहाँले पुरुष सिंगलतर्फ पहिलो स्थान हाँसिल गर्ने सुजन श्रेष्ठ र दोस्रो स्थान हात पार्ने विशाल मोक्तानलाई नगदसहित पुरस्कार प्रदान गर्नु भयो। त्यसैगरी महिला सिंगलतर्फ पहिलो हुने सीमा राजवंशी र दोस्रो हुने सुलोचना भक्तराजलाई कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तमबहादुर कार्कीले नगद पुरस्कार प्रदान गर्नु भयो।

अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले पूर्वेली खेलाडीहरुले ब्याडमिन्टन प्रतियोगिताप्रति देखाएको उत्साहलाई प्रशंसा गर्दै अर्को वर्ष अझै व्यवस्थित र अभैm भव्य रुपमा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। ‘पूर्वेली खेलाडीहरुले ब्याडमिन्टन खेलप्रति देखाउनु भएको उत्साहलाई हामी मर्न दिने छैनौं,’ उहाँले भन्नुभयो ‘जस्तो सुकै अवस्था र परिस्थति आएपनि हरेक वर्ष यो खेल सञ्चालन गर्दछौं।’

कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उपनिर्देशक नगेन्द्र दाहाल, राष्ट्रिय रेफ्री समिरबहादुर सिंह, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणिराज गुरुङ, पूर्व क्षेत्रका वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक उत्तम सिंखडा लगायतको सहभागिता थियो। अन्नपूर्ण पोष्टको पूर्वाञ्चल ब्यूरो प्रमुख कुमार लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा सुनसरीका खेलाडी, खेल प्रेमी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.