युवा परिषद् उपाध्यक्षलाई मन्त्रिपरिषद्को स्पष्टिकरण

युवा परिषद् उपाध्यक्षलाई मन्त्रिपरिषद्को स्पष्टिकरण

काठमाडौं : राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेललाई सरकारले स्पष्टिकरण सोधेको छ। पदीय आचरण अनुसार काम नगरेको आरोपसहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्न मन्त्रिपरिषद्ले वैशाख २१ गते निर्णय गरेर कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालयले विहीबार युवा परिषद्मा पत्राचार गरेको थियो। स्पष्टिकरण पत्रमा उपाध्यक्ष ढुंगेलले पदीय आचरण अनुसार काम नगरेको, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ६ तथा राष्ट्रिय युवा परिषद् नियमावली २०७३ को नियम ११ बमोजिम पदीय कर्तव्य र नियम १० बमोजिम सेवाका शर्तहरु पालना नगरेको देखिएकोले पत्र प्राप्त भएको तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।

परिषद् ऐनको दफा १५ को उप दफा ३ बमोजिम उपाध्यक्षको कार्यकाल चार वर्षको हुन्छ। तर दफा ४ मा उपाध्यक्षले पद अनुसार आचरण नगरेमा, पदीय जिम्मेवारी पुरा नगरेमा वा परिषद्लाई हानी नोक्सानी पु¥याएमा जुनसुकै बेला पनि पदबाट हटाउन सक्नेछ भन्ने उल्लेख गरिएको छ।

परिषद्को जिल्ला युवा समिति गठन गर्दा योग्यता नपुगेका युवालाइ अध्यक्ष बनाएको, समितिमा पचास पतिशत महिलाको प्रतिनिधित्व गर्नुपर्नेमा नगरेको लगायतका आरोप ढुंगेललाई लगाइएको छ। ढुंगेलले भने आफूले हरेक काम प्रचलित कानुन बमोजिम नै गरेको दाबी गर्नुभयो। ‘ममाथि जे जति आरोप लगाएर स्पष्टिकरण सोधिएको छ। त्यो सबै गलत छन्। मलाई यस पत्रले छुँदैन,’ ढुंगेलले भन्नुभयो।

उहाँ १४ महिनाअघि उपाध्यक्षमा नियुक्ति हुनुभएको थियो। त्यतिखेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। अहिले माओवादी केन्द्र नेतृत्वको सरकार र युवा तथा खेलकुद मन्त्री माओवादीबाट नियुक्त भएका दलजीत श्रीपाइली हुनुहुन्छ। परिषद् ऐन अनुसार उपाध्यक्षमा नियुक्त भएका ढुंगेल पहिलो व्यक्ति हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.