सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना, दुईको मृत्यु
खाँडीचौरः सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट दोलखाका लागि छुटेको बा २ ख ५०५६ नम्बरको बस दुर्घटना हुँदा दोलखा लामिडाँडा ७ दोलखाका ६७ वर्षीया मुक्तिनाथ घिमिरे र श्रीमती रत्नकुमारी घिमिरेको मृत्यु भएको एसपी रवीन्द्र केसीले जानकारी दिनुभयो।
दुर्घटनाका गम्भीर घाइते ९ जनाको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ । एसपी केसीका अनुसार बस खाँडीचौरभन्दा तीन किलोमिटरमाथि तीन किलो भन्ने ठाउँबाट २० मिटर तल खसेको थियो। दुर्घटनाका सामान्य घाइते १२ जना उपचारपछि घर फर्किएका छन्।